शोभितका सिनेमा बेच्न किन रोक्यो विकास बोर्डले ?

आफूले निर्माण गरेको चार सिनेमा भोजपुरी सिनेमाका एक वितरकलाई बेचेका निर्माता रोज राणाले राम्रै पैसा हात पारेका छन् । तीन लाख भारतीय रुपैंयामा चार सिनेमा बेचेका रोजले उक्त सिनेमाको भोजपुरी भाषामा डबको अधिकार बेचेका हुन् । रोजका चार सिनेमा भोजपुरीमा डबिङ गरी अब प्रदर्शन हुनेछ ।

पि्रन्टबाट रोजले सिनेमा बेचे लगतै शोभित बस्नेतले पनि दुई सिनेमा बेचेका छन् । तर शोभितको यि दुई सिनेमा भने चलचित्र विकास बोर्डले प्रदर्शनका लागि रोक लगाएको श्रोतले बताएको छ । आखिर शोभितका सिनेमा भने किन विकास बोर्डले रोक लगाएको हो त ?

श्रोतका अनुसार २५ हजार भारतीय रुपैंयामा शोभितले चिनो र अग्निपथ नामक दुई सिनेमा डबिङको अधिकार सहित बिक्री गरेका थिए । तर शोभितले आफ्ना सिनेमाहरुको हार्ड डिस्क सहित वितरकलाई उपलव्ध गराएपछि समस्या परेको हो । डिजिटल सिनेमाको हार्ड डिस्क नै उपलव्ध गराएपछि यो सिनेमा अन्य रुपमा पनि ‘मिस युज’ हुने देखेर विकास वोर्डले तत्कालका लागि प्रदर्शन गर्न रोक लगाएको हो ।

डिजिटल सिनेमाको हार्ड डिस्क सहित दिँदा सिनेमा किन्ने व्यक्तिले नेपाली सिनेमाका दृश्यहरुलाई हटाएर आफ्ना कलाकार समेत राख्न सक्छ । तर यो पि्रन्टमा भने असम्भव नै छ । जस्तो नेपाली सिनेमा किनेर भोजपुरीका कलाकार समेतलाई राखेर या नेपाली कलाकारका दृश्यहरु हटाएर पनि प्रदर्शन हुनसक्छ, सिनेमा । यसैले शोभित लगायत अन्य केही सिनेमाहरुलाई भोजपुरी भाषामा डबिङ गरी प्रदर्शन गर्नका लागि विकास बोर्डले ईजाजत नदिएको बुझिएको छ ।

विकास बोर्डले भारतमा या अन्य देशमा सेन्सर गरी प्रदर्शन गराउनु भनि ईजाजत दिएको कागज नबनाएसम्म अन्य देशमा चलचित्र सेन्सर गर्न पाइर्ंदैन । यसैले पनि अहिले अग्निपथ र चिनो सिनेमाको भोजपुरी भाषामा डब गरी प्रदर्शन गर्ने काम रोकिएको छ । यतिमात्र नभई बोर्डले डिजीटल प्रविधिमा बनेका सबै सिनेमालाई अहिले यसरी अधिकार दिई बेच्न पाउने कामलाई तत्कालका लागि रोकेको श्रोतको भनाई छ ।

- Online Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।