अभिनेत्री सुशिला रायमाझीको निधन

लामो समय देखि क्यान्सर रोगले पिडित अभिनेत्री सुशिला रायमाझीको बिहिबार दिउसो निधन भएको छ । पूरानो बानेश्वर निवासी रायमाझीको दिउसो १ बजे बिएण्डबि अस्पतालमा निधन भएको निर्माता रमेशजंग रायमाझीले जानकारी दिएका छन् । सुशिला रमेशजंगको काकी हुन् ।

निधन पश्चात रायमाझीको शव टिचिङ हस्पिटल महाराजगंजमा राखिएको रमेशजंगले जानकारी गराए । पहिलो श्रीमानबाट एक छोरी र दोस्रोबाट दुई छोरीकी आमा सुशिलाको कान्छी तर्फकी छोरी अमेरिकाबाट आजै राति १० बजे काठमाण्डू ओर्लए लगत्तै उनको अन्तिम दाहसस्कार राति नै गरिने रायमाझीले जानकारी गराए । रेडियो नाटक हुदै चलचित्र अभिनयमा अब्बल ठहरिएकी सुशिलाको पाठेघर क्यान्सर सम्पूर्ण शरिरमा फैलिएपछी उनी पछिल्लो केही बर्षयता सिकिस्त थिईन् ।

सुशिला राष्ट्रिय नाचघरकी जागिरे पनि थिईन् । उनले हिरोईन भएर खेलेको पहिलो फिल्म चोट हो जसलाई श्याम राईले निर्देशन गरेका थिए । सुशिलाले धनसम्पती भन्ने चलचित्र पनि बनाएकी थिईन् भने पवन मैनालीसंग मिलेर पिजडा भन्ने चलचित्र पनि बनाएकी थिईन् । धनसम्पती मार्फत उनले छोरी प्रसिद्धीका रायमाझीलाई पनि हिरोईन बनाएकी थिईन् । दर्जनौ चलचित्रमा अभिनय गरिसकेकी सुशिलाले पछिल्लो समय सानो संसार' र भुवन केसीको चलचित्र 'म तिमी बिना मरिहाल्छु' खेलेकी थिईन् ।
- फिल्मी खबर

4 प्रतिकृया/हरु:

Anonymous said...

so sad news, she really good actres in nepali flim industies. anyway i have condolusatin for her sprit

uttam gurung said...

नेपाली चलचित्र उदोग लाई अनि नेपाली फिल्म का दर्सक हरु ले राम्रो कलाकार गुमौन पुगेको छ,वहा को आत्मा ले सन्ति पओस..

bhumika said...

that's is the sadist news i ever head before <3 anyway i pray to god for your soul.......i hope u will leave alive in next life and i feel sry fur u & i hope it will not happen to any body eals from now.....<3<3<3<3<3<3<3<3<3<3<3

Anonymous said...

i m shocked !

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।