आईएमसरीका निर्माताले ब्याज तिरे

चलचित्र बनाउनु अघि नै कुनै सिनेमाका निर्माताले आफुलाई घाटा लाग्ने बताउनु आफैंमा आश्चर्यको कुरा हो । चलचित्र आई.एम.सरी. का निर्माताले आफुलाई ६० लाख भन्दा बढी घाटा लाग्ने बताएको श्रोतले जनाएको छ । उनले यति रकम घाटा लाग्ने अनुमान गरिसकेका छन् । चलचित्र आई.एम.सरी.का मुख्य नायक आर्यन सिग्देलको बजार र उनले अहिलेसम्म अभिनय गरेका चलचित्रले उठाएको रकम हेर्दा निर्माता हरि महतलाई ६० लाख रुपैंयासम्मको घाटा लाग्ने देखिएको हो ।

खासै प्रचारप्रसार नगरिएको यो सिनेमा यही माघको २७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसैबीच चलचित्र आई.एम.सरी.का निर्माताले चलचित्रको सम्पूर्ण कार्य भएको डिसिएन अर्थात डिजीटल सिनेमा नेपाललाई ३ लाख भन्दा माथिको ब्याज नै तिरेका छन् ।

आखिर निर्माताले चलचित्र प्रदर्शन गर्ने जिम्मा लिएको डिसिएनलाई किन यति ठुलो रकम दिएका हुन् त ? चलचित्रको प्रदर्शन मिति कहिले गर्ने भनेर पहिले नै हस्ताक्षर भएको हुन्छ र निर्माता र डिसिएनबीच । यदि यो समयमा रिलीज गर्न सकिएन भने निर्माताले ब्याज बुझाउनु पर्ने नियम रहेको छ, डिसिएनमा । यसअनुसार निर्माता हरि महतले ३ लाख रुपैंया ब्याज बुझाएका हुन् ।

यो चलचित्रको छायांकनका लागि मात्र १८ महिना लागेको थियो । यसरी सिनेमा नगरी र नबुझिकन नै निर्माताहरु यो क्षेत्रमा आउँदा उनीहरुले धेरै नै घाटा व्यहोरेका छन् । यसको एक उदाहरण निर्माता हरि महत पनि भएका छन् ।

- अनलाईन खबर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।