
विदेशका कार्यक्रममा उनी न्यूनतम ५० हजार लिन्छन्। 'आजसम्म विदेशबाट खाली हात फर्कनु परेको छैन। विदेशको अफर आउनासाथ गइहाल्नुपर्छ। आलटाल गर्न लाग्यो भने अर्कै कलाकार लैजान्छ,' भन्छन् उनी।
महेन्द्रनगरको महोत्सवमा भने उनले २५ देखि ४० हजारसम्म लिइरहेका छन्। सिडी र क्यासेट बिक्रीबाट कुनै आम्दानी नहुने भएपछि यस्ता महोत्सवको मुख ताक्नु परेको उनले बताए। राजधानीका कार्यक्रममा गाउँदा कम्तीमा २० हजार हुन्छ उनको रेट। त्यस्तै अर्काको एल्बममा गाउँदा आठ देखि १६ हजार माग्छन् उनी। चिनेजानेकालाई सहुलियत दिने चलन पनि छ। सबैभन्दा थोरै कमाइ भने फिल्ममा गाउँदा हुने उनको अनुभव छ। 'फिल्ममा आठ हजार पाउनु नै सबैभन्दा धेरै रकम हो' बताउने उनले अहिलेसम्म सबैभन्दा कम पैसा फिल्मकै गीतबाट पाएका छन्। भर्खरै 'विरासत' भन्ने फिल्ममा गाएबापत उनले आठ हजार लिएका थिए। आजसम्म होटलमा चाहिँ गाएका छैनन् उनले। भन्छन्, 'मेरो एकल साँझ हुँदैछ होटलमा, त्यो बाहेक होटलमा गाएको अनुभव छैन।' विभिन्न किसिमका सहयोगार्थ कार्यक्रम हुँदा तोकिएभन्दा आधा रकममा गाउँदै आएका छन् उनी।
शिवको न्यूनतम रेट
विदेश ५० हजार
मेला १० हजार
अरुको एल्बम ८ हजार
राजधानी कन्सर्ट २५ हजार
फिल्म गीत ८ हजार
Source - Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।