यही हो, बोल्ड डिसिजन !

दुई दिनअघि मात्र चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बोर्डले केही दिन भित्र नै बोल्ड डिसिजन लिने बताएका थिए । यो डिसिजन सिनेमा क्षेत्रको विकासका लागि हुने उनको भनाई थियो । उनले यसो भनेको ठिक दुई दिनमै चलचित्र विकास बोर्डको सदस्य पदमा नयाँ व्यक्तिहरु आएका छन् भने पुरानालाई पदमुक्त गरिएको छ । माओवादी निकट रहेका चलचित्रकर्मीहरु विजय बस्नेत, मौसमी मल्ल र उदय सुब्बालाई पदमुक्त गरिको हो । उनीहरुलाई पदमुक्त गरी विकास बोर्डमा चलचित्र निर्देशक विकास आचार्य र गायक रामा मण्डललाई नियुक्त गरिएको छ । रामा मण्डलले वुधबार र विकास आचार्यले विहीवार मात्र नियुक्तीको पत्र

पाएका थिए । यसरी विकास बोर्डका अध्यक्षलाई परिवर्तन नगरी सदस्यहरुलाई मात्र सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले परिवर्तन गरेका हुन् ।मन्त्री गुप्ताले बोर्डमा यस्तो कदम चाल्छन् भन्ने कुरा सम्भवतः बोर्डका सदस्यहरुलाई थाहा पनि थिएन होला । तर बोर्डमा नयाँ व्यक्तिहरु आउँदैछन् भन्ने कुराको चर्चा भने केही दिन यता चल्दै आएको थियो । यसरी बोर्डले नयाँ नेतृत्व पाएको छ । माओवादी निकट अध्यक्षसँग काम गर्नका लागि नयाँ सदस्यहरुलाई धौ-धौ पर्ने निश्चित छ ।

नयाँ सदस्यहरुलाई मिलाएर लैजान अध्यक्ष गणेश भण्डारीलाई पनि अप्ठ्यारो पर्नेछ । त्यसो त चलचित्र विकास बोर्डले केही दिनमै बोल्ड डिसिजन हुन्छ भन्दै आएकोमा भएरै छाड्यो । तर अध्यक्षले होईन मन्त्रीले गरे बोल्ड डिसिजन ।

- Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।