कोरसले गर्दा रेखाको सेड्युल प्रभावित

नायिका रेखा थापा अहिले चलचित्र लंकाको छायांकनका लागि सर्लाहीमा छिन् । तर, उनी केही दिन अघि नै काठमाडौं आउने कार्यक्रम थियो । रेखाले यो कुरा हामीसामु बताएकी पनि थिईन् । तर, नायिका थापा आजसम्म पनि काठमाडौं फर्कन पाएकी छैनन् । उनी अझै केही दिन लंकाको छायांकनका लागि सर्लाहीमा नै बस्ने छिन् । आखिर रेखाको सेड्युल किन परिवर्तन भयो त ।

यसको मुख्य कारण वनेका छन् गीतमा नाच्ने कोरस डान्सहरु । कोरस डान्सरहरुका कारण नायिका रेखा अझ केहि दिन सर्लाहीमा नै बस्नु परेको छ । चलचित्र लंकाको एक गीतको छायांकन गर्न बाँकी नै छ । तर, छायांकन गर्ने भनिएको दिनमा कोरस डान्सहरु नआईदिपछि उनी पनि उत्तै बस्नु परेको हो । नयाँ वर्ष लागेकाले कोरसहरु पनि काठमाडौंमा नै व्यस्त भएछन् जसले गर्दा यहाँ काम नै भएन । यतिमात्र होईन, काठमाडौं लगायत देशभर परेको पानीका कारणले पनि रेखाको सेड्युललाई प्रभावित वनाएको छ ।

पानी परेकाले छायांकन रोकियो, काम हुन पाएन, यसैले पनि अझ केही दिन बस्नु परेको हो । नायिका थापा को छायांकन प्रभावित हुनुको मुख्य अर्को कारण हुन्, नृत्य निर्देशक शंकर वि.सी । विरामी भएकाले शंकर गीतको नृत्य निर्देशनका लागि सर्लाही जान नपाएकाले पनि लंकाको छायांकन सरेको हो । उनी, सोमबार मात्र आउँदैछन् भन्ने सुनेको छु, यसपछि वल्ल छायांकन हुन्छ होला, रेखाले भनिन् ।

नेपाली सिनेमा क्षेत्र यस्तै हो, विभिन्न कारणले गर्दा छायांकन प्रभावित हुन्छ र यसले कलाकारलाई समेत प्रभावित बनाउने गर्दछ । यतिवेला, नायिका रेखा थापा यस्तै प्रंभावमा परेकी छिन् ।

Source - Nagarik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।