एक दिन एक रात अचानक पुसमै

काठमाडौ, पुस ९ - सानो बजारमा सातैपिच्छे फिल्म रिलिजको सिलसिलालाई 'एक दिन एक रात' र 'अचानक' ले पनि पछ्याउँदै छन् ।

देवकुमार श्रेष्ठ निर्देशित सस्पेन्स थि्रलर 'एक दिन एक रात' पुस १६ मा रिलिज हुँदै छ । त्यसो त उक्त फिल्म हिन्दी फिल्मको प्रभाव छल्नकै लागि एक साता पछि सारिएको निर्माण पक्ष्ाले जनाएको छ । फिल्ममा 'टीभी क्रू' का रूपमा रहेका प्रमुख पात्रहरू अनुप बराल (स्त्रिmप्ट राइटर), विनय देवकोटा (कार्यक्रम निर्माता), दिया मास्के

(सञ्चालिका) र कर्म (फोटोग्राफर) ले एउटा बिहानदेखि अर्को बिहानसम्म खोजी गरेको विषयमा फिल्म अघि बढेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

'यो जर्नी मुभी हो,' उनले भने, 'त्यसैले दर्शकले यात्रा गर्दा जस्तै स्थान परिवर्तनको अनुभव गर्न सक्नेछन् ।' सडक दुर्घटनाको गाँठी कुरो पत्ता लगाउन टेलिभिजन पत्रकारको टोली काठमाडौंदेखि हेटौंडानजिकसम्म निस्केको कथालाई फिल्ममा उतारिएको श्रेष्ठले खुलाए । फिल्मले दिनलाई सकारात्मक र रातलाई नकारात्मक जसरी भगवान्लाई सकारात्मक र भुतप्रेतलाई नकारात्मक विम्बमा उतारेको छ । त्यस्तै, देशभक्त खनाल निर्देशित 'अचानक' पुस २३ देखि देशभर प्रदर्शन हुने भएको छ । पारिवारिक प्रेमकथा रहेको यो फिल्ममा जीवनमा आइपर्ने हरेक घटना अचानक नै हुने गर्छन् भन्ने देखाउन खोजिएको छ । सरोज शर्माले बनाएको 'मल्टी स्टारर' फिल्ममा निखिल उप्रेती, दिलीप रायमाझी, धीरेन शाक्य, विक्रान्त बस्नेत, सुनिलदत्त पाण्डे, सुनिल थापा, गौरी मल्ल, सृजना बस्नेत, रेजिना उप्रेती, उषा पौडेल, जेसिका खड्काले अभिनय गरेका छन् । Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।