संघको बैठकमा डीसीएन अनुपस्थित

नेपाल चलचित्र निर्माता संघले पाईरेसीको बारेमा छलफल गर्न डीसीएनलाई पत्र काटे पनि डिसिएनले भने आफ्नो उपस्थिती जनाएन । डीसीएनले उपस्थिती नजनाए पछि बिहिबार बसेको संघको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

'केहि दिन अगाडी पूर्वमा भएको नेपाली चलचित्र 'बाटो मुनिको फूल' र 'कसम हजुरको' पाईरेसी घटनाको बारेमा छलफल गर्न डीसीएनलाई पत्र काटेका थियौं र फोन सम्पर्क पनि तर संस्थाले कुनै पनि प्रतिनिधी नपठाएपछि हामीले कुनै निर्णय नगरी बैठक स्थगित गर्यौं', निर्माता संघका सचिव सुरेशदर्पण पोखरेलले बताए । बैठकमा डिसिएन उपस्थित नभए पनि पिडितलाई क्षतिपूर्ती दिन संघले सक्दो प्रयास गर्ने संघका अध्यक्ष राजकुमार राईको भनाई छ ।

यता पाईरेसीको घटना डीसीएनकै लापरवाहीबाट भएको बताउँदै आएका पिडित निर्माताहरूले बैठकमा डीसीएन उपस्थित नहुँदा उक्त संस्था प्रति अझ शंका बढेर गएको बताए । यसैगरी ति पिडित निर्माताहरूले डीसीएनले आफूहरूलाई अहिलेसम्म कुनै नैतिक सहयोग पनि नगरेको बताएका छन् । कार्यव्यस्तताको कारण देखाएर बैठकमा उपस्थित नभएको डीसीएनले भने आफ्नो सिस्टमबाट पाईरेसी नभएकोले क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ । Source: FilmyKhabar.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।