सजिलो लाग्यो सरोजलाई

चौध बर्षको अमेरिका बसाईपछी केही समयका लागि नेपाल आएका अभिनेता सरोज खनाललाई डेढ दश अघिको स्वारकंनको पद्धती भन्दा अहिलेको प्रविधि उत्कृष्ट र सहज लागेको बताएका छन् ।

नेपाल आएको मौकामा चलचित्र 'मानव' मा अभिनय गर्ने मौका पाएका सरोजले शनिबार अबेर रातिसम्म सो चलचित्रको स्वराकंन अर्थात डविङ कार्य पनि सकेका छन् । डबिङ गरिरहेको अवस्थामा उनले भने 'चौध बर्ष अगाडीको जस्तो समस्या अहिले रहेनछ्, निकै सजिलो लाग्यो मलाई ।' एलसिडी स्क्रिनमा आफूले अभिनय गरेको हेर्दै डबिङ गरिरहेका खनालले अभिनय पनि उत्कृष्ट गरेको सो चलचित्रका निर्देशक यादव सिलवालको भनाई छ ।

'उहाँको अभिनय र काममा जति सोचेको थिए त्यसभन्दा धेरै गुणा बढी पाएँ', निर्देशक सिलवालको खनालले गरेको अभिनय प्रतिक्रिया थियो । उता सरोज पनि आफ्नो चौध बर्ष अघिको पेशालाई पुनः दोर्‍याउन पाएकोमा निकै खुशी छन् । माउण्ट भ्यू मुभिज क्रियशन प्रालिको ब्यानरमा कुमार आचार्यले निर्माण गरेको सो चलचित्रमा सत्र बर्षीया नायिका दीपशिखा शाहीसंग ४७ बर्षीय खनालले अन स्क्रिन रोमान्स गरेका छन् । Source: FilmyKhabar.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।