'दश बर्ष अझै नायक' : भुवन केसी


फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २४, शुक्रवार

तीस बर्ष यता बुढो बाघ तर तन्नेरी झै निरन्तर हिरो भएर नेपाली चलचित्रमा राज गरिरहेका अभिनेता भुवन केसीले अझै दश बर्षसम्म आफू नायक भएर काम गर्ने बताएका छन् ।

फिल्मीखबरसँगको कुराकानीमा उनले भन्दै थिए, 'अरूको फिल्ममा भन्दा पनि आफ्नै लगानीमा राम्रो फिल्म बनाएर एक दशकसम्म अभिनयमा सक्रिय भैरहन्छु ।' नेपाली चलचित्र उद्योगमा आफ्नो किर्ती उल्लेख्निय रहेको भन्दै भुवनले 'निर्माता निर्देशकहरूले हचुवाको भरमा फिल्म बनाउने प्रबृति बढेकाले कलाकारको कुनै सम्मान हुन नसकेको बताए ।

पछिल्लो समय निरन्तर फिल्महरूले घाटामा गईरहेको बेला ती कमजोरीहरूलाई औलाउदै निर्देशकहरूको कथा छनौट अज्ञानता र कलाकारहरूले पाए भन्दैमा जस्तो सुकै फिल्म खेल्ने बानीले नेपाली फिल्ममा गुणस्तरता आउन नसकेको उनको तर्क थियो । सफल निर्माता समेत रहेका भुवनले आफैले पाँचवटा फिल्म बनाईसकेका छन् उनका ती सवै फिल्म हिट पनि भएका थिए ।

यो समय छैठौ प्रोजेक्ट 'साथी म तिम्रो' रिलिजको तयारीमा जुटेका भुवनले निकै मिहिनेत गरेर फिल्म बनाएको भन्दै फिल्म नचल्ला भन्नेमा आफूमा कुनै डर नरहेको पनि बताएका छन् । कफि गफमा गफिदै उनले उल्टै प्रश्न गर्दै भने 'फिल्म राम्रो बनाउन कुनै कन्जुर्साई गरेको छैन किन डराउने ?'

अरूको ब्यानारमा फिल्ममा खेल्न छाड्नु भएको हो कि उनीहरूले तपाईलाई नलिएका हुन भन्दा भुवनले भने 'फिल्म खेल्ने प्रस्ताव त आईरहेका छन् तर अब पैसाकै लागि जस्तो पायो त्यस्तो फिल्ममा काम गर्दिन ।' कस्तो फिल्म पाए खेल्नु हुन्छ त ? उनले भने 'समय सुहाउदो स्क्रिप्टमा म फिट हुने ।'



अझै दश बर्षम्म अभिनयमा सक्रिय रहेने बताएका ५३ बर्षे अभिनेता भुवनले दश बर्ष पश्चात के गर्लान त ? उनले जवाफ दिए 'त्यसपछी फिल्म निर्देशन तर्फ पाईला बढाउछु ।' Source: Filmykhabar

1 प्रतिकृया/हरु:

Anonymous said...

It awesome buwan kc i love you so much you are so supper actor love you ever & never die... :)

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।