बिरामी भएपनि प्रमोसनमा

भलै बिरामी नै किन नहुन् निर्देशक दीपेन्द्र के. खनाल पछिल्लो प्रोजेक्ट 'धर्मा' प्रमोसनका लागि उनको ब्यस्तता बढ्दो छ । लगालग मिडियामा अन्तवार्ता र ब्रीफिङ गर्नुपर्दा दीपेन्द्रले आफ्नो अस्वस्थतालाई बिर्सिदिएका छन् । निर्मात्री दुर्गा पोखरेल अमेरिकामा, हिरोइन मनिषा कोइराला मुम्बइ र राजेश हमाल सुटिङमा व्यस्त भएपछि दीपेन्द्र स्वयम दौडधुपमा छन् । यतिबेला 'धर्मा'को प्रमोसन उत्साहजनकरुपमा भैरहेको छ । प्रमुख सहरमा होर्डिङबोर्ड स्थापना गरिएका छन् ।

सप्ताहन्त उनी स्टोनको अप्रेसनबाट सिर्जित पीडासँग संघर्ष गरिरहेका थिए । शल्यक्रीयाका दसदिन उनले अस्पतालमा बिताए । यतिबेला पब्लिसिटीसँगै आराम पनि गरिरहेका छन् । 'प्रमोसनमा ब्यस्त हुनुपरेकाले पीडाहरु गौण हुँदा रहेछन्' दीपेन्द्रले मेरोसिनेमासँग भने 'यतिबेला धर्माको प्रमोसनबाहेक सबै कुरा बिर्सिदिएको छु ।' आगामी मंसिर २४ गते 'धर्मा' देशब्यापी रिलिज हुँदैछ । लामो समयपछि अभिनेत्री मनिषा कोइराला नेपाली सिनेमामा पुनरागमन गरेकी छिन् ।

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।