मदनकृष्णलाई रुने दर्शक प्यारो

रिलिजको तयारीमा रहेको फिल्म 'हाँसिदेऊ एकफेर'को प्रवर्द्धन गर्न पत्रकारसँग भेटघाट गरेका मदनकृष्णले भने, 'हाँस्नेहरू चाहिँ कहिलेकाहीँ अरूलाई दुःख पर्दा पनि हाँसिदिन्छन्।'

अभिनयबाहेक अरू कुराको झन्झट लिनु नपरेकोले यो फिल्म खेलेको हरिवंश अचार्यले बताए। 'यो फिल्ममा काम गर्दा टेलिफिल्मको आफ्नो छुट्टै संसारबाट छुट्टी लिएर पिकनिक गएको जस्तो भयो,' हरिवंशले अनुभव सुनाए।

उनी फिल्ममा हाँसो र रोदन दुवै सन्तुलित देख्छन्। 'निर्देशकले हामीलाई कागती निचोरे सरी निचोर्नुभएको छ,' उनले भने, 'हामी कतिको रसिलो र अमिलो छ, त्यो फिल्म आएपछि थाहा हुनेछ।'

महसँगै फिल्मका मुख्य कलाकार राजवल्लभ कोइराला, श्वेता खड्का र सुशील क्षेत्री पनि पत्रकार भेटघाटमा सहभागी थिए। यो फिल्मबाट आफ्नो 'लभरब्वाय' छवि ८० प्रतिशत मेटिने राजबल्लभले दावी गरे।

'म यो फिल्मको सुटिङमा जानअघि हरेक दिन विशेष तयारी गर्थेँ,' मदनकृष्णको छोराको रूपमा देखिने सुशील क्षेत्रीले सुनाए, 'किनकि मैले संसारकै खतरा कलाकार महको सामना गर्दैथिएँ।'

'कहाँ भेटिएला'पछि हिरोइन बनेकी श्वेता खड्काले फिल्म खेल्दा स्क्रिप्ट नै नहेरेको बताइन्। 'मह जोडीले खेल्ने भनेपछि मैले आँखा चिम्लिएकी हुँ,' उनले निर्देशक रेग्मीको पनि प्रशंसा गरिन्, 'अरूको हिट फिल्मभन्दा शिव दाइको फ्लप फिल्म नै राम्रो हुन्छ भन्ने मैले सुनेकी छु।'

रमेश त्वयना र राजेश स्वंगमिखाले निर्माण गरेको फिल्ममा सुरेश अधिकारीको संगीत छ। प्रतिष्ठित कलाकारहरूको सहभागिता रहेकोले फिल्मको गीत बनाउन निकै मिहेनत गरिएको संगीतकार सुरेशले बताए। Source: Nagarik News

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।