युरोप-अमेरिकामा नलिना

काठमाडौ, कार्तिक ८ - गायिका नलिना चित्रकार साढे दुई महिना लामो युरोप-अमेरिका सांगीतिक यात्राबाट फर्केकी छन् । तीतो सत्यको टोलीसहित अमेरिका पुगेकी नलिनाले उतैबाट युरोपको पनि सांगीतिक यात्रा भ्याएकी हुन् । उनले अमेरिकाको कोलोराडो, बाल्टिमोर, न्युयोर्क, क्यालिफोर्निया, टेक्सासलगायतका राज्यमा प्रस्तुति दिएकी थिइन् । 'तीतो सत्य ग्रुपसँग नौ र एकल तीनवटा कन्सर्ट भ्याएँ,' आइतबार उनले भनिन्, 'त्यसपछि म युरोपतिर लागें ।'

युरोपका अनेक मुलुकमा यसअघि पनि कन्सर्ट गरेकी उनको अमेरिका अनुभव भने पहिलो थियो । न्युयोर्कमै उनले शेर्पा समुदायको फेस्टिभल र अल नेपाल तराई एसोसिएसनको सम्मेलनमा पनि गाइन् । 'लामो टुर हुने हुनाले यसअघिको अमेरिका यात्राको निम्तोहरूमा जान सकेकी थिइनँ,' पति र छोरोसाथ बस्दै आएकी उनले भनिन्, 'सबै ठाउँमा सहयोगी र उत्साहित नेपालीहरू भेटें ।' अमेरिका जानुअघि नै युरोप यात्रा तय भइसकेकाले तीतो सत्यको टोलीसँग छुटेर उनी अक्टोबर २ तारिखमा युरोपतिर लागेकी

थिइन् । जर्मन, पेरिस र बेल्जियमका विभिन्न थलोमा कसन्र्ट सकाएपछि फूलपातीको अघिल्लो दिन मुलुक फिरेकी हुन् ।

'पोर्चुगल, नर्वे, बर्लिन र डेनमार्कमा पनि कन्सर्ट तय भएको थियो,' उनले भनिन्, 'तर घरको न्यास्रो लागेकोले छिट्टै फर्किएँ ।' दसैंको चटारो तथा पति र छोराको जन्म-दिनसमेत परेकाले उनले कन्सर्ट नै छोडेर फर्केको बताइन् । 'देश-विदेश घुमें, अनेकौं टुर गरियो, यति लामो समय घर छाडेकी थिइनँ,' उनले भनिन्, 'त्यही भएर पनि छिट्टै फर्केकी ।'

केही महिनाअघि मात्रै सामाजिक सद्भावका लागि देश्ाव्यापी यात्रा गरेकी नलिनाले युरोप टुर सोचेभन्दा राम्रो भएको बताइन् । 'युरोपमा सोलो -एकल) कार्यक्रम भएकोले केही डर थियो,' उनले दाबी गरिन्, 'तर कार्यक्रम निकै राम्रो भयो ।' कन्सर्टहरूमा उनले आफ्ना चर्चित गीतहरू 'पानी पानी...', 'चाहिँदैन हीरा-मोती...', 'गोरी काली सानी मोरी.., 'मेहेन्दी लगाऊ...', 'जिन्दगी जिन्दगी कति मिठो...,' सँगै 'नक्कली कान्छी...', 'देउराली चढेर...', 'चिसो चिसो हावामा...' गीतका मेड्ली पनि गाएको बताइन् । 'पानी पानी...' सबैभन्दा हिट भयो,' उनले भनिन्, 'फ्याङर्फटमा त एकजना फ्नान यही गीत सुन्न मात्र आएका रहेछन् ।'

कन्सर्टमा तामाङ, शेर्पा, भोजपुरी र नेवार भाषा मिसाएर गाइएको 'रंग कसैको गोरो होला, कसैको कालो होला, धनी गरिब जे भएनि तर्छौ एउटै खोला...', पनि प्रभावकारी भएको उनले दाबी गरिन् । 'यो गीत सुनेपछि सबैले नेपालको पछिल्लो राजनीति गतिविधिबारे चासो राख्थे,' उनले भने, 'विदेशका नेपालीहरू मुलुकप्रतिको साँच्चिकै माया पाएँ ।' 'पि्रयतम', 'नलिना', 'रंग', 'सेलेक्टेड नलिना', 'जिन्दगी' लगायत आधा दर्जन एकल एल्बम निकालिसकेकी गायिकाले तिहारपछि नै नयाँ एल्बम निकाल्ने तयारी गरिरहेको पनि खुलासा गरिन् । 'मेरा गीत प्रायः सबै उमेरकालाई मिल्ने हुन्छन्,' उनले भनिन्, 'यसपालि अलिकति युवापुस्ता लक्ष्यित गरेकी छु, रक नम्बरहरू

पनि छन् ।' Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।