हिरो फेर्ने हिरोइन

समान्य हिरो विराज भट्टका साथ फिल्म 'हिम्मत'मा यिनलाई सफलता मिल्यो। निखिल उप्रेतीले समय नदिएको झोंकमा उनले विराजलाई विकल्प बनाएकी थिइन्। त्यसपछि विराज र रेखाको जोडी जम्यो। रेखाकै फिल्म 'किस्मत' सम्म यो सहकार्यले निरन्तरता पायो। तर, 'हिफाजत'मा आर्थिक कुरा नमिलेपछि उनले आयुष रिजाललाई विराजको विकल्पमा उभ्याइन्। 'किस्मत'मा ब्रेक पाएका आर्यन सिग्देलले 'हिफजत'मा निरन्तरता पाए।

रेखा व्यानरबाट विराज हटेपछि यी दूईको सितयुद्धको चर्चा सुरु भयो। तथापी बाहिरका फिल्ममा रेखा र विराजको सहकार्य टुटेन। 'हिफजत' बक्स अफिसमा हिट भएपछि रेखा र आयुषको जोडी जमेको छ। 'हिफजत'को यो जोडी 'सडक', 'च्यालेन्ज', 'जलजला' र 'खुसी'मा देखिंदै छन्। बजारमा हल्ला छ आयुषको हातमा यति धेरै फिल्म हुनु रेखाकै सिफरिसको उपज हो। 'आफूले ल्याएको हिरोलाई सपोर्ट गर्नै पर्‍यो नि,' रेखा हल्लाको प्रतिवाद गर्दिनन्।

नेपालभर रिलिज भइरहेको रेखाको फिल्म 'कसले चोर्‍यो मेरो मन'मा आर्यनसँगको यिनको जोडी रुचाइएको छ। तर, फिल्ममा जति यो जोडी जमेको चर्चा छ वाहिर उत्तिनै चिसिएको। विराज जस्तै आर्यन पनि रेखा क्याम्पबाट हटेको चर्चा व्याप्त छ अहिले। नयाँ फिल्मबाट आर्यन हटाइएको प्रसंगबारे उनले भनिन्,'बजारमा सुनिने धेरै त हल्ला मात्र हो। यो कुरा चाहिं सत्य हो कि म पुराना भन्दा नयाँ हिरोसँग फिल्म खेल्न रुचाउँछु। हामीले लिएको सबै हिरोले राम्रो स्थान बनाएका छन्।'

व्यक्तिगत सम्वन्ध जस्तो भएपनि उनलाई जिराजसँग आफ्नो 'केमेष्ट्री' बढी मिल्छ जस्तो लाग्छ उनलाई। त्यसपछि उनी आयुषसँग सुहाएको अनुभव गर्छिन्। चकलेटी हिरो आर्यनले आफूलाई 'प्रोटेक्ट' गरेको दृश्य उनलाई नै सुहाउँदो लाग्दैन। उनी फिल्मको सफलताको जस पनि हिरोलाई दिन चाहन्नन्। 'मेरो फिल्म कि मैले गर्दा चल्छ कि निर्देशकको मेहनतले,' उनले भनिन्। Source: Nagarik News

Blogger Templates

1 प्रतिकृया/हरु:

Anonymous said...

oooooooooooo i think rekha thapa is very proudy...do u know the flim is hit due to aryan (damu dada)

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।