कसले चोर्‍यो मेरो मन

रेखा फिल्म्सको ब्यानरमा नायिका रेखा थापाले केन्द्रीय चरित्र निर्वाह गरेका सबैजसो चलचित्रले व्यावसायिक सफलता हात पार्दै आएका छन् । 'हिम्मत', 'किस्मत', 'हिफाजत' पछि नायिका थापाको प्रस्तुतिमा चलचित्र 'कसले चोर्‍यो मेरो मन' दसैंको अवसरमा ४० भन्दा बढी स्थानबाट सार्वजनिक हुँदैछ । यो चलचित्रमा पनि नायिका थापा नै केन्द्रीय भूमिकामा छिन् । उनी यसमा एउटी राजकुमारीको चरित्रमा देखिनेछिन् । यही चलचित्रबाट उदाउन लागेका किशोर खतिवडा राजकुमारको चरित्रमा छन् । छवि ओझाले निर्माण गरेको चलचित्र 'कसले चोर्‍यो मेरो मन'मा दुई नायक छन्, यद्यपि विज्ञापनमा भने आर्यन सिग्देललाई मात्र देखाइएको छ । यो चलचित्र त्रिकोणात्मक प्रेम एवं प्रेम गर्नेहरूको विद्रोहमा आधारित छ । राजकुमारी रेखासँग अनायसै प्रेम गर्न पुगेका सर्वसाधारण युवक आर्यनको प्रेम पाउन रेखाले गरेको विद्रोह तथा राजकुमार किशोरको एकतर्फी प्रेम चलचित्रको मुख्य विषय हो । रेखाका अनुसार चलचित्र कथाभन्दा पनि पटकथाबाट डोर्‍याइएको छ । एकपछि अर्को सिक्वेन्सले अब के होला ? भन्ने चासो दर्शकमा पारिरहन्छ । नीर शाह, रमा थपालिया, बीएस राणा पनि यो चलचित्रमा देखिनेछन् । सुरेश अधिकारीको संगीतमा यो चलचित्रको एउटा गीत 'ए दिल मलाई सुटुक्क भन' चर्चामा आइसकेको छ । राजेन्द्र खड्गीले द्वन्द्व निर्देशन एवं सञ्जय लामाले छायांकन गरेको यो चलचित्र दर्शकका लागि एउटा गतिलो खुराक हुनसक्छ । From: Saptahik
Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।