शुक्रबारबाट 'गुरू दक्षिणा'

जीवन, मृत्यु र जिन्दगीको कथालाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र 'गुरू दक्षिणा' आगामी शुक्रबार काठमाडौं उपत्यकाबाट सार्वजनिक हुँदैछ । रामराजा दाहालको निर्देशनमा बनेको सो चलचित्रमा समयको परिवर्तनसंगै जीवन र जगतसंग वाक्क भएर शान्तिको खोजीमा हिडेको नायक राजेशलाई योगीको भेषमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा राजेश हमालको साथमा रमित ढुङ्गाना, राजबल्लभ कोइराला, संचिता लुइटेल, दिलिप गौतम, सुलेमान शंकर (ईकु), रबि गिरी, शुष्मा कार्की, श्याम अर्याल, हिउँवाला गौतम आदी कलाकारको अभिनय रहेको छ । क्रिएटिभ मनकामना फिल्मस प्रालिको प्रस्तुती रहेको सोचलचित्रलाई प्रकाश सुवेदीले निर्माण गरेका हुन् । गायिका दिपा नारायण झाले पहिलो पटक संगीत भरेको सो चलचित्र एक साता पछि उपत्यका बाहिर पनि प्रदर्शन हुनेछ । From: FilmyKhabar

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।