बाबुलाई देखेर झरना चिच्याइन्

काठमाडौ, श्रावण ११ - अल्छी नै त हैन, तर डा. शरद (बाबु बोगटी) अबेरसम्म बेडमै पल्टिरहेका छन् । एकातिर टा्रउटर, अर्कोतिर गन्जी । कोठाको हालत उस्तै अस्त-व्यस्त ।

'ढक् ढक् ढक्...'

'ढक् ढक् ढक्...'

बाहिरपट्ट िढोकैमा उभिएकी छन् नृत्यांगना रितु -झरना थापा) । रितुको ढोका ढ्ढक्याइले डा. शरदको निद्रा खुल्छ । सिरक फालेर हाई काढ्दै उनी ढोका खोल्न आइपुग्छन् । 'गुड मर्निङफ्रेन्ड...' डा शरद भन्छन् ।

'आ ऽऽऽऽऽऽऽ' रितु चिच्याउँछिन् ।

डा. शरद अर्थात् बाबु बोगटीको बल्ल होस खुल्यो कि उनी नांगै छन् । अघिल्तिर झरना उभिरहेकी छन् । उनी झस्किँदै हतारमा ढोका ड्याम्म लाएर भित्र पस्छन्् र कपडा लाएर हल्का लजाउँदै बाहिर आइपुग्छन्, जहाँ रितु कुरिरहेकी हुन्छिन् ।

अत्तरखेलस्थित एउटा सुटिङ स्टुडियोमा खिच्दै गरेको यो दृश्य फिल्मको भए पनि बाबु बोगटी निकै पछिसम्म लजाइनै रहे । 'कसैले फोटो खिच्न भ्याइहालेकि क्या हो...' उनी पछुतो मानेेझै अनुहार बोकेर भन्दै थिए, 'कस्तो लाज पो लागिरहेको छ ।'

दोस्रो फिल्ममा अभिनय गरिरहेका बाबु लजाए पनि अनेकौं फिल्म खेलिसकेकी झरनाका लागि यस्ता दृश्य सम्भवतः पाच्य नै

थिए । उनको अनुहारमा अस्वाभाविकता थिएन ।

सुटिङपछि उनी स्वाभाविक मुद्रामा यताउति टहल्न थालिन् । घरी मेकअप गर्लछेउ पुग्थिन् र अनुहारको पसिना पुछ्न लाउँथिन्, घरी सोफामा पल्टेर स्क्रिप्ट

पढि्थन् ।

एकैछिनघि भने उनी अर्धनग्न (झन्डै नांगो) पुरुष अघिल्तिर आफूलाई पाउँदा निकै अस्वाभाविक रूपमा चिच्याएकी थिइन्. । त्यसपछि उनी भित्र पसिन् र आफ्नो डाक्टर साथीलाई हुनसम्म हकारिन् । कोठाको अस्तव्यस्ततामाथि उनी भन्दैथिइन्, 'यस्तै हो भने तिम्रो कोठामा पस्ने सही मान्छे पनि बिरामी भएर निस्कनुपर्छ ।'

डाक्टर शरदको कोठाबाट निस्कँदा भने उनी बिरामी थिइनन् । कृष्ण चापागाईंको स्टुडियोमा सोमबार बिहानैदेखि 'नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई' को सुटिङ चलिरहेको थियो, दिनभर उनी बसिरहिन् । प्रज्ञा जोशीको निर्माण र योगेश घिमिरेको निर्देशन रहेको फिल्ममा उनी नृत्यांगनाको भूमिकामा देखिँदैछिन् । मंगलबार उनी आफ्ना साथी डा. शरदलाई भेट्न आउने दृश्यमाथि काम गरिरहेकी थिइन् । बाबु र उनीसँगै विराज भट्ट दिनभर सुटिङमै व्यस्त रहे । 'यस्तो सिनमा अहिलेसम्म काम गरेको थिएन,' गायकबाट नायक बनेका बाबुले एकैछिन्को फुर्सद क्रममा भने, 'लाज त लाग्ने नै भयो नि ।' 'बाटामुनिको फूल' पछि दोस्रो फिल्ममा खेलिरहेका उनी यसमा रितु र शिशिर (विराज) को साथीका रूपमा देखिँदैं छन् ।

'पूर्ण प्रेमकथा हो,' व्यस्तताका बीच निर्देशक योगेश झुल्किए, 'बाबु, झरना र विराज तीन मुख्य भूमिकामा छन् । सबैले आ-आफ््ना सपना साँच्छन् । फरक पेसा र व्यवसायका भए पनि सानैदेखि सँगसँगै हुर्किबढेकाहरू कसरी जीवनभर प्रेम सम्बन्धमा बाँचिरहन्छन् भन्ने देखाउन खोजेका छौं ।'

निर्देशक योगेशले फिल्म चल्नुअघि 'सबै कथा खुलाउन नहुने' धर्म निर्वाह गरे पनि फिल्मको नाम 'न बिर्सें तिमीलाई नपाएँ तिमीलाई' बाटै पनि फिल्म वियोगान्तक हुने अनुमान लाउन सकिन्छ ।

उनले यति भने, 'झरनाको जीवनमा निकै उतारचढाव आउँछ । महान् नृत्यांगना बन्ने सपना बोक्दै हुर्किरहेकी उनले दुर्भाग्यबस एउटा खुट्टा गुमाउनुपर्छ । तैपनि उनी मनभित्र प्रेम, पीडा र वियोग सँगालेर एउटै खुट्टाले भए पनि छमछमी नाचिदिन्छिन् ।'

अञ्जु पन्तको स्वर र महेश खड्काको संगीत रहेको चर्चित गीत 'न बिर्सें तिमीलाई...'को बोलबाटै फिल्मको नाम जुराइएको छ । फिल्ममा यही गीत समेटिएको र कथा पनि त्यस्तै भएकाले फिल्मको नाम र कथाबीच तारतम्य मिलेको योगेशले दाबी गरे ।

सुरज सुब्बाको कथा, महेश खड्काको संगीत, युवराज राईको क्यामेरा, रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन रहेको फिल्म ४० दिनभित्र सम्पूर्ण सुटिङ सकाइने निर्मात्री प्रज्ञा जोशीले बताइन् । '

केही महिनाभित्रै प्रदर्शनमा ल्याउने योजना छ,' उनले भनिन्, 'कथाअनुसार काठमाडौं आसपास नै सुटिङ हुने भएकाले पनि समय लाग्दैन ।' From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।