हलचल मच्चाउने शुरमा जेनी

आफूले निर्माण गरेको पहिलो चलचित्र घायलबाट घायल भएकी निर्मात्री जेनी कुँवरको पछिल्लो चलचित्र 'हलचल' भोलि शुक्रबार सार्वजनिक हुँदैछ । निकै लामो समय पछि पालो आएको चलचित्र 'हलचल' देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।
अस्पतालमा डाक्टर र नर्सले लापरबाही गर्दा बिरामी र तिनका परिवारले भोग्नुपर्ने समस्यालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रबाट जेनी हलचल मच्चाउने शुरमा छिन् । सुनील पाण्डेले निर्देशन गरेको उक्त चलचित्रमा निखिल उप्रेती, जेनी कुँवर, मुकेश ढकाल र मेलिना मानन्धरको मुख्य भुमिका रहेको छ ।

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।