राजेश र करिश्माले दुबईमा फुटबल खेल्ने

काठमाडौं, असोज १२ (नागरिक)- फिल्मका कलाकारहरूले युएईको दुबई सहरमा पनि मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। स्थानीय र नेपालबाट जाने पत्रकारको टोलीसँग कलाकारहरूले शुक्रबार फुटबल खेल्नेछन्। कलाकारको टिममा राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, श्रीकृष्ण श्रेष्ठ, सुमन सिंह, सुनिल थापा, दीपकराज गिरी, दीपाश्री, बद्री पँगेनी, सुगम पोखरेल, दिनेश डिसी लगायत सहभागी हुनेछन्। आबु दाबी रंगशालामा फुटबल खेल्न कलाकार र पत्रकार बिहीबार प्रस्थान गर्दैछन्। दुबई भोलेन्टियर्स क्लबसँगको सहकार्यमा दशैंको उपलक्ष्यमा हुन लागेको यो खेललाई चौथो 'बक्स अफिस फुटबल लिग'को उद्घाटनको रूपमा लिइएको आयोजक आरके सुवेदीले बताए।

उनी मैत्रीपूर्ण खेललाई मलेसिया, इटाली र बेलायतमा समेत लैजाने योजनामा छन्। दिउँसोको समय गर्मी हुने भएकोले फुटबल खेल बिहान राखिएको छ। शुक्रबार साँझ नै कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने छ।

सिनेस्टारको म्यागेजिनमा बक्सअफिस फुटबल लिग दुई वर्षअघि काठमाडौंको सानो गौचरबाट सुरु भएको हो।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।