अमेरिकामा भूटानी-नेपाली चलचित्र 'भूल्ने पो हो कि'

अमेरिकामा 'नेपाली' को ? कानुनी रुपमा नेपालबाट आएको 'नेपाली' हो । तर भाषिक, सांस्कृतिक आदि रूपमा नेपाली बोल्ने नेपाली मूलको मानिस 'नेपाली' हो । त्यहि परिभाषा समेटेको छ, अमेरिकामा बनेको भूटानी-नेपाली चलचित्र 'भूल्ने पो हो कि --- 'ले ।अमेरिकामा करिब ५० हजार नेपाली-भाषी भूटानी पुर्नस्थापित भएपछि त नेपाली बोल्नेको संख्या निकै बढेको छ । गत वर्ष भएको अमेरिकी जनगणनाले नेपाली कति छन् भनिसकेको छैन । अनुमान थरिथरि गरिएको छ । तर नेपाली, भूटानी भनेर वर्ग (क्याटेगरी) छुट्टिएको छ । यहि सन्दर्भमा बनेको चलचित्रमा पुर्नस्थापित हुन जाँदा फरक समयमा आएका नायक र नायिकाको मिलन अनि विछोडको कथा छ । गत अगस्तमा छायांकन थालिएको र अक्टोबर-मध्यमा सकिने डाइरेक्टर अफ फोटोग्राफि हिमग्याप लामा (ताशी)ले बताए । लामाका अनुसार अनिश थापाले कथाको रुपरेखा तयार पारेका हुन्, उनी यसका नायक पनि हुन् । पटकथा भने प्रकाश पुरी र वसन्त अधिकारीको हो । टेकबहादुर सार्की चलचित्रका निर्माता हुन् ।नायक थापा (हेमन) बाहेक नायिका प्रियंका कार्की (सुष्मा), अमेरिकी युवा डेनी कुक (ह्यारी), सोमु थापा (निलम) र टंक न्यौपाने (सुमन) यसका मुख्य कलाकार छन् । यसको छायाकंन अमेरिकाको अटलान्टा, टेन्नेसी, कोलोराडो, न्युयोर्क, नियग्रा फल्स आदि स्थानमा गरिएको छ । हिमग्याप भन्छन्, '२०११ को अन्त्यसम्म प्रदर्शन थाल्नेछौं । त्यो पनि नेपालबाट । नेपाली बोल्ने जहाँ पुगेका छौं, त्यहाँ चलचित्र पु-याउनेछौं ।'यस चलचित्रमा ४ गीत छन् । आफ्ना दुई गीत यस चलचित्रमा प्रयोग भएको गीतकार शेखर ढुंगेलले बताए । 'म आफ्नो तेस्रो एल्बमको तयारीमा थिएँ । ताशीजीले मेरा दुई गीत मनपराउनु भयो । अन्जु पन्त र स्वरूपराज आचार्यका दुई भिन्नाभिन्नै गीत हुन्,' गीतकार ढुंगेलले भने । उनका 'आकांक्षा' (२००६) र 'सम्झना' (२००७) एल्बम आइसकेका छन् । नेब्रास्का बस्ने भक्तपुरका गीतकार ढुंगेलले अक्षरिका नेपाली न्युजलेटरलाई भने,'चलचित्रमा गीतकार भएको भने पहिलो हो ।' थप दुई गीत टंक बुढाथोकीले लेखेका छन् ।
- ईकान्तिपुर

3 प्रतिकृया/हरु:

Anonymous said...

banauna chai banau nepali film ramrai ho tara hos purayra banaunu hola dukha garera kamaako paisa juham hola hai ani sayog bhandai na aaunu ni ma ta dinna nepal mai kabu bhako chu sayog didadidai pheri nepal ka nepali sanga melera banaye jasto cha nepal ka nepali lai ramro chinera matra sangat garnu hola hai bhutanese nepali matra milera banako bhaye pani ta bhutanese nepali ma talent kami thiyena ho la jasto lakcha any way best of luck.

Anonymous said...

i thing u talking about the nepali film
'bhula poho ke"
'

krinuka said...

yo naramro kura hoina tara... hero herone ko film aba teti chaldaina ra hami bhutani le hero herone ko film bhanda ali farak dhar ko film banaunu parne ho ke jasto lakcha... film raharle hoina.. euta badhayata le srijana gareko chayana bta utpanna hunu parcha tesma hero herone hudainan...

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।