निशाले मुद्दा हाल्ने हल्ला मात्र

नायिका निशा अधिकारी चलचित्र लुटको ५१ दिनको पार्टीमा पत्रकारसंगको दुव्र्यवहारपछि निक्कै विवादमा फसिन् । नायिका अधिकारीले एक पत्रकारले फोटो खिच्दै गर्दा दुव्र्यवहार गरेपछि विवाद भएको थियो । यही लुटको पार्टीमा निर्माता रोज राणाले क्यामेरा लगेर पार्टीका दृश्य खिचेका थिए । उनले, पार्टीमा भएका सवै गतिविधी खिचेर आफ्नो नया चलचित्र हिरोईनमा राख्ने तयारी गरीरहेका छन् ।

यसैविच, लुटको पार्टी खिचेर चलचित्रमा राख्ने तयारी गरीरहेका निर्माता रोज राणाको विरुद्धमा नायिका निशा अधिकारीले मुद्दा हाल्ने तयारी गरेको खवर वजारमा निक्कै चलेको छ । नायिकाले, मुद्दा हाली पार्टीमा भएको विवादित घटना चलचित्रमा राख्नलाई रोक्ने तयारी गरेको खवर वजारमा चलिरहेको छ । यसवारेमा नायिका निशा अधिकारीसँग अनलाइनखवरले वुझ्न खोज्दा उनले यो खवर गलत भएको वताएकी छिन् ।

‘मैले कसैमाथी मुद्दा हाल्ने तयारी गरेको छैन, यो खवर गलत हो’,-नायिका अधिकारीले भनिन् । यता, निर्माता रोज राणाले भने आफुले घरमा देखाउनका लागि पार्टीको दृश्य नखिचेको भन्दै यदि कसैले मुद्दा हाल्छ भने खासै केही नहुने वताए । उनले भने, ‘यदि सम्मानित अदालतले मलाई दृश्य नराख्न आदेश दियो भने म राख्दिन ।’ तर, नायिका निशा अधिकारीले मुद्दा हाल्ने कुनै सोच नराखेको वताएपछि यो हल्ला हल्लामा मात्र सिमित भएको छ ।

- Online Khabar

1 प्रतिकृया/हरु:

nepali lok geet said...

that the time for woman

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।