श्रीषाको जीवनी कृषाले बनाउने

नेपाली सिनेमा क्षेत्रमा नायिका श्रीषा कार्कीको निधन अझै पनि एउटा अविस्मरणिय घटनाको रुपमा रहेको छ । एक पत्रिकामा नाङ्गो फोटोसहित समाचार वाहीर आएपछि श्रीषाले आत्महत्या गरेकी थिइन् । श्रीषाको निधन भएपछि यसले वजारमा ठुलै हंगामा मच्चाएको थियो । एक पत्रिकामा आफ्नो नाङ्गो फोटो आएपछि उनले आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गरेको एक दशक भैसकेको छ ।

एक दशकसम्म पनि उनको निधनको चर्चा वजारमा अझै पनि रहेको छ । अव, उनै श्रीषाको जिवनीमा आधारीत रहेर वास्तवीक सिनेमा वनाउने तयारी भैरहेको छ । यो सिनेमालाई निर्मात्री कृषा चौलागाईले निर्माण गर्ने तयारी गरीरहेकी छिन् । चलचित्रको वारेमा खासै धेरै कुराहरु नभने पनि कृषाले अनलाईनखवरसगको कुराकानीमा यो सिनेमा वनाउने तयारी भैरहेको वताएकी छिन् ।

उनले, आफुलाई एउटा वास्तवीक घटनामा सिनेमा वनाउन मन लागेको र यसको लागी विभीन्न खालको अनुसन्धान भईरहेको जानकारी गराएकी छिन् । कृषाको यो सिनेमामा नायिका को हुने पनि अहिले सम्म तय भैसकेको छैन । सिनेमाले एक नायिका को कथालाई वोक्ने छ, जुन कथाको आधार श्रीषा कार्कीको जिवनी र उनको निधन सम्मको घटना हुने वताईएको छ ।

नेपालमा यस्तो किसीमको सिनेमाको आजसम्म निर्माण भएको छैन । वलिउडमा भर्खरै मात्र रिलीज भएको चलचित्र द डर्टि पिक्चर्स पनि एक कलाकारको जिवनीमा आधारीत रहेको थियो । चलचित्रले सिल्क नाम गरेकी एक कलाकारको वलिउड आगमन, गरेका विभीन्न संघर्ष हुदै उनको निधनसम्मको कथालाई उठान गरेको थियो । जुन वलिउडमा निक्कै हिट पनि भएको थियो । अव, नेपालमा पनि एक नायिका को जिवनीमा सिनेमा वन्ने तयारी भएको छ । हेरौ, यसले भने कस्तो वजार लिने हो ?

Source - Nagarik

2 प्रतिकृया/हरु:

Ram said...

Not Bad Idea..

Anonymous said...

it's good idea

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।