राष्ट्रिय गानमा सुष्माको मौनधारण

नेपालकी अहिलेकी हट नायिका हुन्, सुष्मा कार्की । आम संचारमाध्यमदेखि दर्शकले समेत रुचाएकी एक नायिका । तर, अरु केही कलाकारले जस्तै सार्वजनिक ठाउँमा आफ्नो महत्व यिनले पनि त्यति बुझ्न सक्दिनन् । यस्तै, भयो ललितपुरमा आयोजना गरिएको बलिउड धुम कार्यक्रममा पनि । नेपालकी चर्चित नायिका भएर हिन्दी गीतमा नाचेका कारणले एकातिर आलोचना खेपेकी सुष्माले उक्त कार्यक्रममा न त ईज्जत पाईन्, न त नाम नै । बलिउडका चर्चित गायक तथा गायिकाले सपना अवस्थी र सन्दिप आचार्यले ‘मे तो लुट गई’ बोलको गीत गाउन थालेपछि एकैचोटी केही डान्सरका साथमा स्टेजमा देखिएकी सुष्मालाई कसैले पनि चिनेनन् । कारण, उनको नाम त्यहाँ कसैले पनि उद्घोष गरेका थिएनन् ।

नेपालकी एक चर्चित नायिका कुनै भारतीय गायक तथा गायिकाको आवाजको पछाडि बिना परिचय नाच्नु आफैंमा दुःखको कुरा थियो । हुन त सुष्मालाई आयोजकले रकम राम्रै दिएको होला, गीतमा नृत्य गर्नका लागि । तर, पैसा आउँछ भन्दैमा आफ्नो परिचय र ईज्जत गुमाएर कुनै हिन्दी गीतमा त्यो पनि कोरस तरीकाले नाच्न सुहाउँछ कि सुहाउँदैन, यो कुरामा सुष्माले विचार गर्नु पर्ने थियो । तर उनले गरिनन् ।

यति मात्र कहाँ हो र, नाचिसकेपछि सुष्मा एक पटक फेरि स्टेजमा देखिईन् । स्टेजमा आएपछि सुष्माले आफ्नो परिचय दिँदै दर्शकलाई मौनधारण गरिदिन आग्रह गरिन् । त्यो सुनेर दर्शकमा खैलाबैला मच्चियो । मौनधारण मानिसको मृत्युमा मात्र गरिन्छ भन्ने शायद सुष्मालाई थाहा थिएन होला । मौनधारण गर्न भनेपछि, सुष्माले हातमा रहेको सानो कागजमा हेरिन् र भन्न थालिन् -’सैयौं थुँगा फूलका हामी एउटै माला नेपाली…… ।

ल हेर्नुहोस्, त नेपालको एक जिम्मेवार कलाकारले मौनधारण भन्दै नेपाली राष्ट्रिय गान गाउनु कतिसम्मको हाँस्यास्पद छ । यहाँ, सुष्माले हिन्दी गीतमा नाचेकाले केही आफुलाई समावेशी देखाउनका लागि नेपाली राष्ट्रिय गान गाएको हुनसक्छ । तर, मौनधारण भन्ने शब्दलाई नबुझ्ने सुष्मा जस्ती नायिकालाई के भन्ने । उनले, यसो भनेर राष्ट्रिय गान गाउन थालेपछि अधिकांश दर्शक जावालाखेल मैदानबाट बाहिरिएका थिए ।

- अनलाईन खबर

1 प्रतिकृया/हरु:

kiran said...

very ashamed on you stupid lady

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।