‘बलिउड धूम’ का लागि भारतीय कलाकार काठमाण्डुमा

ललितपुरको जावलाखेल फुटबल मैदानमा शनिबार हुने ‘बलिउड धूम’ सांगितिक कार्यक्रमका लागि भारतीय कलाकारहरुकेा टोली शुक्रबार काठमाण्डु आएको छ ।

ओरियन्टल इभेन्ट्सले गर्ने कार्यक्रमका लागि चर्चित हास्य कलाकार राजु श्रीवास्तव, मुन्नी बदनाम हुइ… की गायिका ममता शर्मा, छैयाँ छैयाँ…. गितकी गायिका सपना अवस्थी र इन्डियन आइडल-२ का विजेता सन्दिप आचार्य लगायतका कलाकारहरु शुक्रबार काठमाण्डु आएका हुन् ।

उनीहरु आज गोदाबरी भिलेज रिसोर्टमा बस्नेछन् ।

सूफी गायक रामशंकर शनिबार आइपुग्ने कार्यक्रम संयोजक सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
शनिबार दिउसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा नेपालका तितो सत्य, जिरे खुर्सानी र मेरी बास्यैका हास्य कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिनेछन् ।

कार्यक्रमलाई हास्यकलाकार मनोज गजुरेलले संचालन गर्ने आयोजकले जनाएको छ ।

बलिउड धूम सांस्कृतिक कार्यक्रमका लागि आयोजकले १ हजार र ३ हजार दरका टिकट तोकेको छ ।

कार्यक्रममा झण्डै ७ हजार दर्शक उपस्थित हुने अनुमान आयोजकले गरेकेा छ ।

- नागरिक

1 प्रतिकृया/हरु:

Anonymous said...

woh thats good but what to do we are cannot comming in the live concert just uploard in the youtube

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।