रेखा थापाको 'कस्ले चोर्यो मेरो मन' सिड्नीमा

सिड्नी, माघ १७ - अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र कसले चोर्यो मेरो मनको पि्रमियम शो आइतबार सिड्नी स्थित हर्टभिल इन्टरटेनमेन्ट सेन्टरमा प्रर्दशन गरियो । दर्शकहरुको खचाखच भिडले भरिएको सो सेन्टरमा नायिका रेखा थापा पनि दर्शक दिर्घामा बसेर पुरै अविधि फिल्म हेरेकी थिइन् । अत्यधिक दर्शकहरुको उपस्थिति देखेर हांैसिएकी थापा निकै प्रसन्नन मुद्रामा देखिन्थीन ।

ई-कान्तिपुरसँगको कुराकानीमा नायिका थापाले विदेशमा बस्ने नेपालीहरुले फिल्म निकै मन पराइदिएकोमा खुसी हँुदै अगामी दिनमा अझै स्तरीय फिल्म बनाउन उत्साह जागेको बताइन् । उनले अगाडि भनिन् -"दर्शकहरुको माया र साथ देख्दा म निकै हर्सित छु ।" अवसर र साथ पाएमा अष्ट्रेलिया पछि अन्य मुलुकहरुको शहरमा पनि आफ्नो चलचित्र लैजाने उनले बताइन् । फिल्म अबधि भर दर्शकहरुको ताली र सीठ्ठीले हल निकै गुन्जयमान थियो । विदेशमा प्रर्दशन भएको उनको यो पहिलो चलचित्र हो ।

उक्त नेपाली फिल्म हेर्न अभिभावकहरु आ-आफ्ना साना नानीहरुलाई समेत लिएर आएका थिए । नेपाली टाइम्स अष्ट्रेलियाका प्रकाशक महेन्द्र लम्साल परिवार सहित सो हलमा फिल्मको आनन्द लिदैं आफ्ना नानी तिर देखाउदै भावी पुस्तालाई नेपाल र नेपाली कला संस्कृतिप्रति मोह जगाउन परिवार सहित आएको बताए । उता सधै काममा व्यस्त रहनुपर्ने पश्चिमा शैलीलाई पछयाएका सन्तोष शर्मा फिल्मले सबै दुःख पिडा विर्साएको अनुभूती गर्दै थिए ।

क्याटमाण्डु फिल्मस्को व्यस्थापनमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो । सो संस्थाका निर्देशक समीम अनवरले प्रवासीहरुलाई नेपाली कला संस्कृति प्रति मायाको भावना जागृत गराउने तथा नेपाली फिल्म उद्योगलाई विस्तारै अन्र्तराष्ट्रिय स्तरमा लैजाने प्रयासका रुपमा सो चलचित्र भित्राएको बताए । यस अघि पनि सो संस्थाले नाई नभन्नु ल, बिरताको चिनो, सााहसी, जस्ता नेपाली चलचित्रहरुको अष्ट्रेलियामा सफल प्रर्दशन गरिसकेको छ ।

प्रेम कथामा आधारित उक्त चलचित्रले नेपालमा पनि राम्रो बजार लिएको थियो । सबिर श्रेष्ठको निर्देशन रहेको यो चलचित्रमा रेखा थापा , आर्यन सिग्देल, नीर शाह लगायतका अन्य कलाकारहरुले अभिनय गरेका छन् । सिड्नी पछि सो चलचित्र अष्ट्रेलियाको अन्य शहर मेलवर्न वि्रसवेन तथा पर्थमा समेत प्रर्दशन गरिनेछ ।

साभार: इकान्तिपुर

2 प्रतिकृया/हरु:

Anonymous said...

U are the best actor but not really cute..............(:

Anonymous said...

come to tasmania plzzzzzzzzz

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।