राष्ट्रियगानका संगीतकार गुरुङलाई नागरिक अभिनन्दन

सुनसरी, माघ १८ - राष्ट्रियगानका संगीतकार अम्बर गुरुङलाई सुनसरीको इटहरीमा नागरिक अभिनन्दन र सम्मान गरिने भएको छ ।

इटहरी नगरपालिकाको संयोजनमा दर्जनौं संघ–संस्थाको सक्रियतामा गुरुङलाई माघ २१ गते अभिनन्दन गर्न लागिएको हो ।

मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका कार्यकारी अधिकृत गणेश दाहालले अभिनन्दन कार्यक्रमका लागि ५ सय ५ सदस्य रहेको समिति गठन गरिएको जानकारी दिए । गुरुङलाई सम्मान, अभिनन्दन, नगद पुरस्कार बाहेक रथ यात्रा समेत गराइने भएकोछ ।

पत्रकार सम्मेलनमा संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य रमेश रंजन झाले जिवित छँदै मोफसलबाट हुन लागेको यसप्रकारको सम्मानले लामो समयसम्म कला, संस्कृतिको जगेर्नामा लागेका स्रष्टालाई उत्साहीत बनाउने धारणा राखेका थिए ।

कवि मनु मंजीलले मृत्यु पछि मात्र सम्मान गर्ने देशको परम्परालाई तोड्न स्थानीय तहबाट एकताकासाथ सम्मान र नागरिक अभिनन्दनको कार्यक्रम राखिएको जानकारी दिए । यस्तोखालको सम्मान यसअघि विराटनगरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई गरिएको थियो ।

साभार: इकान्तिपुर

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।