डीसिएनले वितरण गरेको फिल्म पाईरेसी भयो

गएको मंसिर दश गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल', आगामी पौष दुई गतेबाट राजधानीमा प्रदर्शनमा आउन लागेको चलचित्र 'कस्लाई दिऊ यो जोवन' एक महिना अघि प्रदर्शन भएको 'गोर्खा पल्टन', कृषा चौलागाईको 'कसम हजुरको' लगायतका डीसिएन च्यानलबाट प्रदर्शनमा आएका विभिन्न चलचित्रहरू कपि भएर पूर्वाञ्चलका बजारमा खुलेआम विक्रिबिरतण भएको खबर प्राप्त भएको छ ।


विना इजाजत रिलिज हदै गरेको फिल्मको पाईरेसी कसरी भयो भन्ने बारेमा निर्माता संघपनि अचम्ममा परेको छ । फिल्मीखबरसंग कुरा निर्माता संघका अध्यक्ष राजकुमार राईले डिसिएन सर्भर बाट मात्र रिलिज भएका फिल्महरूको कपि सिडीहरू बजारमा बिक्रि भएको रिपोर्टमा आएकाले वितरक डीसिएन र प्रदर्शन गरिएका कुनै एक हलले त्यस्तो काम गरिरहेको आशंका ब्यक्त गरेका छन् ।

शत प्रतिशत दाबीका साथ उनले भनेका छन् । 'या त यो डीसिएन अर्न्तर्गतकै कुनै ब्यक्तिले र्‍र्यो वा हलवालाले ।' हाल देश भरीका करिब ७४ वटा सिनेमा भवनमा जडान गरिएको डीसिएन सर्भर अर्न्तगतका फिल्महरू कपि भए भन्ने बिषयले मंगलबार दिनभर सम्बन्धीत चलचित्रकर्मीहरू बैचैनी नै भए । र त्यस सम्बन्धमा बुझ्न अचानक गोर्खा पल्टनका निर्माता सुरज बंशल र निर्माता कृषा चौलागाई बेलुकी बिराटनगरको टिकट काटी पूर्वाञ्चल निरिक्षणमा निस्किएका छन् । यो समाचार तयार पारून्जेलसम्म वितरक डीसिएनका महाप्रवन्धक अशोक शर्मा सर्म्पर्कमा नआएकाले डीसिएनको प्रतिक्रिया भने लिन पाईएको छैन् ।


उसैत फिल्मको ब्यापार राम्रो नभएका कारण चेपुवामा परेका निर्माताहरू रिलिज भएको महिना दिन नबित्दै आफ्नो फिल्मको कपि सिडी बाहिर आएपछि अझ मारमा परेका छन् । कसले गर्‍र्यो नयाँ फिल्मको पाईरेसी ? वितरक डीसिएनले गर्‍यो वा प्रदर्शन गरिएका सिनेमा हलले वा फिल्म हेर्न गएका दर्शकले ? शंका गर्ने धेरै ठाँउहरू छन ? यस सम्बन्धमा थप समाचार सार्वजनिक गर्ने प्रयासमा छौ प्रतिक्षा गर्नुहोला ।

Source: FilmyKhabar.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।