दर्शक तर्साउने एक रात

स्मृति ढुंगाना, काठमाडौं, पुस १६- नेपाली थ्रिलर फिल्म भनेर प्रचार गरिएको 'एक दिन एक रात'को प्रिमियर सो सम्पन्न भएको छ। राजधानीको जयनेपाल हलमा साँझ आयोजना गरिएको प्रिमियर सो आयोजना गरिएको थियो। शुक्रबारदेखि देशका ४२ वटा हलमा फिल्म 'एक दिन एक रात' चल्दैछ। त्यस्तै काठमाडौं उपत्यकाको जयनेपाल, गोपीकृष्ण, गुण, अष्टनारायण, बराही र शुभकामना लगायतका ६ हलमा फिल्म रिलिज गरिने भएको छ। शुक्रबार साँझ आयोजित प्रिमियर सोमा निर्देशक देव कुमार श्रेष्ठको फिल्म 'एक दिन एक रात'का टीमले फिल्ममा आफ्नो अभिनय र सुटिङको सम्झना गरे। फिल्मका निर्माता निर्मल रत्न शाक्यले फिल्मले राम्रो व्यापार गर्ने धारणा राखे। 'नेपालमा थि्रलर कथामाथि फिल्म निकै कम बनेको हुदाँ यो फिल्मको कथावस्तु दर्शकले मनपराउने छन्।' उनले भने। उनी शुक्रबारनै फिल्म युनिटसंगै काठमाडौँ उपत्यकाका हलहरूमा फिल्मको प्रतिक्रिया लिन जादैंछन्। 'अंग्रेजी नयाँ वर्षको लागि यो राम्रो गिफ्ट हुनसक्छ दर्शकको लागि।'नागरिकसंग उनले प्रतिक्रिया दिए।

अभिनेता अनुप बराल फिल्मका आफ्नो अभिनयलाई लिएर भन्दै थिए, 'फिल्ममा म धेरै बोल्दिन्। बरू मेरो अभिनयले दर्शकलाई बोल्ने बाध्य गराउछ।' उनी जहिलेपनि नयाँ र फरक रोलमा देखिने प्रयासमा छन्। 'म अभिनेता भन्दापनि एक कलाकार हुँ। त्यसैले मैले सबै किसिमको अभिनय गर्नुपर्छ भन्नेमा म विश्वास गर्छु।' उनले भने। फिल्मका अर्का अभिनेता कर्म शाक्य भने फिल्मको कथावस्तुकै कारण फिल्ममा अभिनय गरेको बताउछन्। 'मलाई थि्रलर फिल्मको दर्शक हुँ। आफैले थि्रलर फिल्ममा अभिनय गर्नु मेरो लागि सपना पुरा भएझैँ हो।' उनले नागरिकलाई प्रतिक्रिया दिए। थि्रलर फिल्मको सुटिङचाँहि रमाइलो भएको उनको अनुभव छ। फिल्मकी अभिनेत्री दिया मास्के भने फिल्मलाई दर्शककै जिम्मामा दिन्छिन्। 'हामी कलाकारको कामको मूल्याङन त दर्शकले गर्ने हो।'यस फिल्मबाट उनी क्रिरियोग्राफरको रूपमा समेत परिचित भएकी छिन्। 'कागवेनी'ले मलाई अभिनय क्षेत्रमा परिचित गरायो। यसले मलाई अभिनयबारे जानकारी गरायो' उनले भनिन्। नव कलाकारहरू मेनुका प्रधान र प्रवेश गिरी भने यस फिल्मले आफुहरूलाई फिल्म क्षेत्रमा परिचित हुन सहयोग गरेको धारणा राखे। 'मोडलिङ गर्दा स्त्रि्कप्टमा ध्यान कम दिनुपर्ने, फिल्ममा भने स्त्रि्कप्ट र रोलको मिलन जरूरी हुन्छ।' प्रवेशले भने।

डेढ वर्षको गृहकार्यपछि फिल्मको स्त्रि्कप्ट तयारी भएको हो।राजमार्गको घटनामा आधारिक सत्य कथावस्तु भनिएको फिल्म युवा पुस्ताको भूमिकालाई महत्वका साथ प्रस्तुत गरिएको छ। फिल्ममा अनुप बराल, विनय श्रेष्ठ, कर्म शाक्य, पुजा लामा र दिया मास्के लगायतकाकलाकारले अभिनय गरेका छन्। फिल्मको प्रमोशनको लागि फिल्म युनिट पोखरा, धरान, नारायणघाट र बुटवल पुग्ने भएको छन्। 'दर्शकसंग बसेर फिल्म हेर्दा फिल्मको कमजोर पक्षबारे बुझन सकिन्छ। त्यसैले पनि मलाई दर्शकहरू सँगै फिल्म हेर्न मनलाग्छ।'अभिनेता विनय श्रेष्ठले भने। उनी फिल्मको कथावस्तुलाई लिएर उत्साहित देखिन्छन्। 'दर्शकको प्रतिक्रिया कहिल्यै नकारात्मक हुन्न।' उनले भने। Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।