७ बर्षमा बालकलाकार १९ मा हिरोइन

हुन त मोडल निता ढुङ्गानाको अनुहार नेपाली दर्शकले पहिले देखि नचिनेका हैनन् । उनी सात बर्षकी थिईन त्यो समय जव घरको टेलिभिजनको पर्दामा चेतना भन्ने सामाजिक टेलिचलचित्र आउथ्यो ।

सो टेलिचलचित्रमा उनी यो समयकी नायिका रेजिना उप्रेतीको बहिनी भएर अभिनय गरेकी थिईन् । त्यसपछी अर्को टेलिचलचित्र आशाको दियो साथै दश बर्षको उमेरमा ठूलो पर्दाको चलचित्र 'मितिनी' र बाह्र बर्ष हुदाँ 'अजम्बरी नाता'मा बाल कलाकार भएर अभिनय गरेकी त्यही सानी नानी अब ठूली भएकी छिन् । उनलाई ठूली बनाउने काम भने निर्देशक दीपक रायमाझीले आफ्नो चलचित्र चाँडै आऊ है' बाट गरिदिएका हुन् ।

बाल कलाकार भएर अभिनय गर्ने त्यही निता अब हिरोसंग अनस्क्रिन रोमान्स गर्ने भएकी छिन् । शनिबारबाट सुटिङ्ग समाप्त भएको उक्त चलचित्रमा निता गाँउले युवतीको भूमिकामा लिड रोलमा छिन् । प्रदर्शनको तयारीमा रहेको विमल पौडेल निर्देशित चलचित्र 'किसान'मा पनि केही सिन अभिनय गरेकी नीता 'चाँडै आऊ है' लाई हिरोइनको रूपमा आफ्नो डेब्यू फिल्म भन्न रूचाउछिन् ।

कर्मसमा प्लस टू क्लियर हेटौडाकी उन्नाईस बर्षीया निताले करिब दर्जनको सख्यामा म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । बालकलाकार हुदै हिरोइनको छवि बनाउदै हुनुहुन्छ कस्तो भूमिका पाए न्याय गर्न सक्नु हुन्छ नी भन्दा उनले भनिन् 'लागुपदार्थ दूव्र्यसनीको रोल पाए शत प्रतिशत न्याय गर्न सक्छु ।' आफू चाहि दूव्र्यसनको लतमा हुनु हुन्छ कि हुनु हुन्न भन्ने अर्को प्रश्नको जवाफ फर्काउदै फेरी उनले भनिन् 'छ्या छैन त्यस्तो लत ।'
Source: FilmyKhabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।