डीसीएनले क्षतिपूर्ति दिदैन : शर्मा / जिम्मेवारी लिएपछि दिनुपर्छ : राई

नेपालमा पछिल्लो केहि दिनयता दुई काण्डले वजार तताएको छ । एकातिर पारस गोली काण्डले सिङ्गो संचारमाध्यमलाई तताईरहेको समयमा नेपाली चलचित्रमा देखिएको पाइरेसी काण्डले चलचित्रको रङ्गीन दुनियालाई अर्कोतिर तताएको छ । अहिले यो पाइरेसी घटनाले चलचित्र उद्योगलाई पनि नराम्रोसँग बहसमा धकेलिदिएको छ । चलचित्र 'वाटो मुनिको फूल' र 'कसम हजुरको' को भिसिडी वजारमा छ्याप्तछ्याप्ती पाईएपछि यसका निर्माताहरु जति जति दिन वित्दै जान्छ उति नै पिरोलिएका छन् ।

डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको यि दुई चलचित्रका भिसिडी वजारमा आएका हुन् । भिसिडी वजारमा पूर्वाञ्चलका दुई हलवाट आएको पुष्टि भैपनि सकेको छ । चलचित्र वाटो मुनिको फूलको भिसिडी धरानको गणेज टाकिजवाट वाहीर आएको र कसम हजुरकोको भिसीडि झुम्काको किरण टाकिजावाट पाईरेसी भएको पुष्टि भैसकेको छ । कसम हजुरकोको भिसीडि कसले वजारमा ल्यायो भनेर हालसम्म थाहा हुन नसकेतापनि वाटोमुनिको फूललाई पाईरेसी गराउने व्यक्तिहरु प्क्राउ परीसकेका छन् ।



जति जति यो घटना भएको दिन लम्विदै छ उति उति घटनाले चर्को रुप लिदै गएको छ । यि दुई चलचित्रका निर्माताले प्रदर्शनको व्यवस्था लिएको डीसीएनले क्षतिपूर्ति दिनुपर्ने वताए पनि यो संस्था भने यो घटनावाट उम्कने दाउमा देखिएको छ । यि दुई चलचित्रका निर्माता कृषा चोलागाई र यस कुमारले हनुमान ढोकामा डिसीएन विरुद्ध उजुरी दिएका छन् । यता डीसीएनका महाप्रवन्धक अशोक शर्माले यो घटनामा आफुहरुको दोष नभएको दावी गरेका छन् ।

डीसीएनले पाईरेसिको मुख्य कारण डिभीलाई देखाउदै डिभीवाट प्रदर्शन गर्ने काम आफुहरुको नभएको वताएको छ । अशोक शर्माले भने, 'डिभीवाट पाईरेसी भएको छ । जव की डिसीएनले डिभीवाट चलचित्र रिलीज गराउदैन जसका कारणले गर्दा यो घटनामा हामी क्षतिपूर्ति दिदैनौ ।' उनले निर्मातालाई क्षतिपूर्ति कसले दिने भन्ने कुरा कानुनले गर्नेसमेत वताएका छन् । हाम्रो आफ्नो सर्भर छ, जसवाट पाईरेसी नै हुनसक्दैन, अव निर्माताहरु डिभीवाट चलचित्र रिलिज गर्छन् भने यसमा डिसीएनले क्षतिपूर्ति तिर्ने भन्ने त प्रश्न नै आउदैन, अशोकले थपे । डिसीएनले क्षतिपूर्ति तिनुपर्ने भन्दै निर्माताहरु आउछन् भने हामी पनि यसमा के कदम चाल्नु पर्छ चाल्छौ । तर, अशोक शर्माको भनाइको ठ्याक्कै उल्टो भनाई छ, पाईरेसिको पिडा भोग्ने निर्माताहरुको । हामीले जव डीसीएनलाई चलचित्र प्रदर्शनको जिम्मा दिन्छौ, भने त्यसको सम्पूर्ण जम्मा उसले दिनु पर्छ ।

डिभीको अधिकार आफूहरुसग नहुने अशोक शर्माको भनाईप्रति पनि उनिहरुको आपत्ति छ । यदि डिभीको अधिकार डिसीएनसग हुदैन भने कसरी डिसीएनकै कर्मचारीवाट डिभी बाहिर आयो । शर्माको भनाई सरासर आखामा धुलो छर्कने भएको निर्माताहरुको भनाई छ । चलचित्र वाटोमुनिको फूलको पाईरेसी काण्डमा समातिएका दुई व्यक्ति मिथुन राय र असरफ अलि मध्ये अलि डिसीएनका कर्मचारी हुन् । मिथुन धरानको गणेश टाकीज हलका अपरेटरका छोरा हुन् । मिथुनले दिएको वयानमा पनि उनले भनेका छन्, असरफले आफूलाई केही समय डिभी राखीदिन आग्रह गरेको तर, आफूले पैसाको लोभमा फसेर पाईरेसी गरेको हो । यसरी हेर्दापनि डिभी प्रकरणमा डीसीएनका कर्मचारीको दोष रहेको देख्न सकिन्छ । तर, मिथुन यतिवेला हिरासतमा रहेतापनि अस्रफ भने छुट्टीसकेका छन् । निर्माताहरुको हक हितको लागी काम गर्दै आएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार र्राईले भने, प्रदर्शनको जिम्मा लिएर निर्माताहरुसग पैसा असुल्ने डिसीएनले यो घटनाको जिम्मा लिनु पर्छ ।

डीसीएनले कोवाट कसरी क्षतिपूर्ति असुल गर्छ यो उसको कुरा हो तर, निर्मातालाई डीसीएनले नै क्षतिपूर्ति दिनुपर्ने उनको भनाई छ । यसरी, निर्माताहरु डीसीएन प्रति खरो रुपमा उत्रने पक्का देखिएको छ । डिभीको उदाहरण दिएर वारम्वार घटनालाई मत्थर वनाउने प्रयास भईरहेको छ, तर हामी यसको विरुद्धमा लडिरहने छौ, पिडीत एक निर्माताले नाम नउल्लेख गर्ने शर्तमा वताए । घटनाको पछाडि कसको हात छ भनेर अहिले नै भनिहाल्ने अवस्था छैन । तर, केही निर्माताहरुले डीसीएनको प्रदर्शनमा औला उठाउदै भनेका छन् कि डिसीएनमा शेयर हालेका निर्माताको चलचित्रको यस्तो अवस्था नहुने तर ति भन्दा बाहिरका चलचित्रको यस्तो अवस्था किन भयो यो पनि आर्श्चर्यको विषय हो ।

डीसीएन पनि आफ्नो जिम्मेवारीवाट पन्छिन मिल्दैन भने अर्कोतिर निर्माताहरु पनि घटनालाई छिटो भन्दा छिटो मिलेर समाधानको वाटो तर्फलाग्नु आवश्यक छ । यसैविच, यहि घटनाका वारेमा जानकारी दिन भोली मध्यान्न वाह्र वजे निर्माता संघले राजधानीको रिपोर्टस क्लवमा पत्रकार सम्मेलन आयोजना गर्दै छ । चलचित्र उद्योगमा वारम्वार देखिने पाईरेसि काण्ड अरुसमयमा मत्थर भएतापनी यसपटक भने सानोतिनो कुरामै मत्थर हुने छाटकाटमा देखिदैन । हेरौ, यो घटनाले कस्तो रुप लिने हो । तर, सहमति भन्दा अर्को विकल्प खोज्नु चलचित्र उद्योगकै लागी घातक हुने भने पक्का छ ।
Source: FilmyKhabar.com

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।