आठवर्षपछि महको कमब्याक

महजोडी आठवर्षपछि कमब्याक भएको चलचित्र 'हाँसिदेऊ एकफेर'लाई शुक्रबार रिलिजसँगै प्रीमियर गरिएको छ । भक्तपुरको धिमे बाजाको संगीतमा चावहिलस्थित गोपीकृष्ण सिनेमा घर प्रीमियरमय बन्यो । गैरआवासिय नेपाली रमेश त्वायना र राजेशकुमार संगमिखाले संयुक्त लगानीमा निर्माण गरेको यो चलचित्र शिव रेग्मीको १५ औं निर्देशित चलचित्र हो ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजवल्लभ कोइराला, श्वेता खड्का, सुशिल क्षेत्री लगायतले अभिनय गरेका छन् । हरिवंश आचार्य नौवटा गेटअपमा प्रस्तुत भएका छन् भने प्रत्येक दृश्यमा एक परिचित अनुहार भेटिन्छ । हाँस्ने तथा रुने दुवै प्रकारका प्रसंग समेटिएको यो चलचित्रमा महजोडीले बेजोडको भाव र अनुभूति पस्किएका छन् ।

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।