सेन्सर बोर्डप्रति ऋचाको आक्रोश

होमप्रोडक्सनको प्रोजेक्ट 'वीरताको चिनो'मा सेन्सर बोर्डले कैंची चलाएपछि अभिनेत्री ऋचा घिमिरे यतिबेला आक्रोशित छिन् । चलचित्रका कतिपय दृश्य र संवादमा आपत्ती जनाउँदै सेन्सर बोर्डले हटाउन भनेपनि ऋचा हटाउने पक्षमा छैनन् । भन्छिन् 'हटाउनैपर्ने जस्ता दृश्य र संवाद छैनन् बरु केही संवादलाई भने संवेदनशिल ठानेर 'म्यूट' गर्ने तयारीमा छौं तर हटाउने पक्षमा छैनौं ।' बोर्डले दबाब दिन थाले तर्कसहित कानुनी उपचार खोज्ने चेतावनी पनि हिस्सी हिरोइनले दिइन् ।

साताअघि 'वीरताको चिनो'लाई केन्द्रिय चलचित्र जाँच समितिले 'पी/जी' सर्टिफिकेट दिएको थियो । चलचित्रको क्लाइमेक्स द्धन्द्धका दृश्य 'संवेदनशिल' रहेको भन्दै महेन्द्र गुरागाइँको नेतृत्वको समितिले १६ वर्षमुनिका बालदर्शकलाई अभिभावकको निगरानीमा हेर्न स्वीकृति दिइएको थियो । ऋचाका अनुसार कुनै निश्चित धर्मलाई गरिएको गालीको संवाद भने 'म्यूट' गरिनेछ । वकिललाई भ्रष्टाचारीका रुपमा चित्रित गरिएको दृश्यलाई भने कुनै हालतमा नहटाउने ऋचाले स्पष्ट पारिन् । 'एउटा वकिल भ्रष्टाचारी भयो भनेर सबै हुँदैनन्' ऋचाको तर्क छ ।

नेपाल टेलिभिजनको लोगो र सर्वोच्च अदालत परिसरको दृश्य पनि नहटाउने ऋचाको अडान छ । 'नभए कानुनी उपचारसहित अन्य विकल्पहरु खुला छन्' 'गुरुदक्षिणा'की आटइम गर्लले आक्रोश ब्यक्त गरिन् 'म भन्न डराउँदिन, सेन्सर बोर्डमा फिल्म बुझेका र पढेका मान्छे हुनुपर्छ ।' पुस १७ मा रिलिज हुने 'वीरताको चिनो' ऋचाको होमप्रोडक्सनको दोस्रो सिनेमा हो । जहाँ ऋचासहित सुमन सिँह, रेजिना उप्रेती, बिराज भट्ट, सन्तोष विश्वकर्मा, ध्रुवदत्त, रन्जना शर्मा, शोभिता िसंखडा, रामकृष्ण बजगाइँ, सुशिल पोखरेललगायतले अभिनय गरेका छन् ।

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।