हिट फिल्म दिन चाहान्छन् राज

शिक्षित लभरब्यायको छवि बनाएका नायक राजबल्लभ कोइरालाले ४ बर्षको अवधिमा करिब २० वटा फिल्म खेलिसकेका छन् । २० मध्ये झण्डै आधाको संख्यामा उनले खेलेका फिल्म प्रदर्शन पनि भए ।

'पर्खिबसे' डेब्यू हिरो राजले अभिनय गरेको पहिलो फिल्म हिट भएपनि अन्य फिल्मले औषत ब्यापार मात्र गर्न सफल भए । तर अभिनयमा पोख्त राजको अभिनय देखेर निर्देशकको रोजाईमा उनी निरन्तर परिरहेका छन् र आफ्नो ब्यस्ततालाई उनले फुर्सदमा परिणत गर्न सकेका छैनन् ।

यस्तै ब्यस्तताका बाबजुत राजले २ बर्षअघि शिव रेग्मी निर्देशित चलचित्र 'हासिँदेऊ एक फेर'मा अभिनय गर्ने मौका पाए जुन चलचित्रलाई उनले आफ्नो इतिहास भित्रको एतिहासिक चलचित्र भनी संज्ञा दिएका छन् । केही दिन अघिको पत्रकार सम्मेलनमा बेलेको त्यो भनाईलाई हर्दा लाग्थ्यो अब उनी हिट फिल्म दिन चाहान्छन । महजोडी अभिनित चलचित्र हासिँदेऊ एक फेर भोली शुक्रबारबाट देशब्यापी प्रदर्शन समेत हुदै छ जसलाई धेरै दर्शक र चलचित्रकर्मीले प्रतिक्षा गरेको चलचित्र मध्येको एक हो ।

स्टार काष्ट महजोडीसंग अभिनय गर्न पाउनु आफ्नो लागि अहोभाग्य समेत बताउने राजले यो चलचित्रबाट आफ्नो भाग्यलाई कसरी अगाडी बढाउलान ? उनले जवाफ दिएका छन् 'यो मेरो आईसब्रेक हो ।' राजले भनेको त्यो आईसब्रेकको अर्थ आफ्नो रूचि अनुसारको पहिलो फिल्म भएकाले फिल्म हिट हुने उनको संकेत हो । जसरी राज कमेडी ब्यागराउण्डका कलाकार हुन सोही अनुसार हासिँदेऊ एक फेरमा अभिनय गर्ने मौका पाएकाले उनी निकै सन्तुष्ट र आशावादी पनि छन् । हेरौ त्यो सन्तुष्ट र आशालाई दर्शकलले कसरी रूचाउने हुन ? Source: Filmy Khabar

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।