सुनिल पोखरेल दुर्घटनामा

शैलेश आचार्यको निर्देशन रहेको 'खग्रास'मा सुनिलले माओवादीद्वारा मारिएका मुक्तिनाथ अधिकारीको भूमिका निर्वाह गरेका छन्। लम्जुङको पद्मिनी संस्कृति माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथलाई माओवादीले २०५८ सालमा रुखमा बाँधेर गोली हानी मारेको थियो। फिल्ममा यो दृश्य जम्मा एकदेखि डेढ मिनेटको रहनेछ। सुनिललाई रुखमा बाँधेर यही दृश्यको सुटिङ गर्दा दुर्घटना भएको हो।

तिहारअघि भक्तपुर खरिपाटीमा गरिएको सुटिङमा सुनिलको घाँटी मफलरले बाँधिएको थियो। 'गाँठो अलि कस्सिलो रहेछ, खुट्टा चिप्लिएर लडेँ,' सुनिलले भने, 'म दुई मिनेट बेहोश भएछु।'

सुटिङ युनिटले सुनिललाई पानी खुवाएर ब्युँझाएको थियो। त्यसपछि बाँकी भएको काम सिध्याई सुनिलले आराम गरेका थिए। सुटिङकै क्रममा रहेको फिल्मका उनी कास्टिङ डाइरेक्टर पनि हुन्। Source: Nagarik News

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।