राजेश आएपछिको पहिलो काम थियो मेकअपम्यान अशोक रोक्काको। आउने बित्तिकै शृंगारमा जुटेका राजेश छिट्टै तयार भए, करिब १० मिनेटमा। हिरोइन कल्पना शाहीसँगको दृश्य खिच्न थाल्यो फिल्म युनिट। मेकअपम्यान रोक्कालाई भने केही फुर्सद मिल्यो। यही समयमा उनले सुनाए राजेशको मेकअप कथा :
राजेश हमालको मेकअपबाटै मैले यो पेशा सुरु गरेको हुँ। 'ज्वाला' फिल्ममा पहिलोपटक सँगै काम गरेको हुँ। २० वर्ष भयो होला यो क्रम जारी छ। मैले सबभन्दा धेरै मेकअप गरेको कलाकार पनि उहाँ नै हुन्।
यो 'ग्याम्बलर' फिल्मपछि 'दुलही'मा पनि उहाँसँग काम गर्दैछु। नयाँ हिरो छँदा उहाँलाई सिंगार्न थालेको 'सुपरस्टार' भइसक्दा पनि सहकार्य टुटेको छैन। निकै रमाइलो लाग्छ।
उहाँलाई फरक हुलियामा देखाउन खासै सकिएको छैन। तर यसमा मेरो मात्र दोष छैन। निर्देशकहरूले नै यस्तो प्रयास नगरेका हुन्। फरक गर्दा झन् बिग्रिएला भन्ने डरले पो हो कि! मलाई त राजेश दाइसँग सल्लाह गरेर काम गर्ने समय पनि हुँदैन। निर्देशकले भने बमोजिम हुलिया दिने हो। अरू जेजस्तो भए पनि उनलाई जुँगा राखेको भने एकदमै नसुहाएको जस्तो लाग्छ। Source: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।