निशा अधिकारी, अभिनेत्री-
दसैंमा आफुभन्दा सानालाई आर्शीवाद दिइन्छ। त्यसैले मभन्दा साना युवतीहरूले शक्तिको स्वरूप मानिने दुर्गाले झैँ लैंगिक भिन्नता विरूद्ध संघष गर्न सकून्। समाजमा अझै विद्यमान लैंगिक भिन्नतामा महिलाहरूले आफैं संघर्ष गर्नु जरूरी छ।
दिपकराज गिरी, अभिनेता
मुलुक हाकेर संविधान बनाउछु भनेर जनतालाई झुक्याउने संविधान बनाउने जिम्मा लिएकाको देश निकाला होस्। श्रीमतीको मुख भन्दा हात छिटो चलोस्। अनि छोराहरूलाई स्कुलको हाजिरकामीमा गएल कम होस। नेपाली सिनेमा बनाउने निर्माताले नेपाली भर्जनमा हिन्दी फिल्म हेर्न नपरोस् भन्ने आर्शीवाद दिन चाहन्छु।
किरण मानन्धर, चित्रकार
युवा कलाकारले भिन्न किसिमको सोचले भरिभराऊ भएको कलात्मक रेखाले देशको इज्जत बढाउने कार्य गरून्। उनीहरूको सोच र कलाले नेपाली कलाकै रूप परिवर्तन गर्न सफल रहुन भन्ने आर्शीवाद दिन्छु। युवा जोशको सही कदर हुन जरूरी छ।
सुरेश अधिकारी, संगीतकर्मी
सांगीतिक क्षेत्रमा प्रवेश गरेका नयाँ कलाकारले जीवन्त संगीतको सम्मान गर्न सकुन्। संगीतको प्रवद्धन गर्ने नयाँ र आयाममिक किसिमको सोचले भरिएको कार्य गर्न सकुन्। उनीहरूको कार्यले नेपाल र नेपाली गौरवाम्बित हुन सकुन्। From: Nagarik News
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।