झरना बज्राचार्य, अभिनेत्री - दसैंमा दुर्गा भगवतीलाई खुशी पार्ने भनेर पशुबलि दिने चलन छ। दैत्यलाई नाश गरेको खुशियालीमा यसो गर्ने चलन कसरी चल्यो मलाई थाहा छैन। मासु खाने बहानामा यो चलन चलाइएको पनि हुनसक्छ। दशैंका अरू धेरै धार्मिक र सांस्कृतिक आयाम हुँदाहुँदै पनि मासु खाने चाडको रूपमा विकास हुँदै गएको देखेकी छु। सुरुमा म पनि मांसाहारी नै थिएँ। तर, जुन वातावरणमा हुर्किएँ त्यहाँ मासु खानलाई दसैं आउन पर्दैनथ्यो। दसैंमा पनि मासुमै जोड दिने चलन थिएन। घरमा काटमार गरिँदैनथ्यो। सबैको बिदा हुने हुँदा पारिवारिक जमघट हुन्थ्यो। मलाई अहिले पनि दसैंको मुख्य आकर्षण यही लाग्छ।
बीचमा चार वर्ष शाकाहारी भएँ। विदेश गएपछि त्यो क्रम टुट्यो। मासु त होइन पारिवारिक माहोललाई एकदमै गुमाएँ त्यतिबेला। आफन्तलाई फोन गर्ने र शुभकामना आदानप्रदान गरेर भए पनि रहर मेटाएकी थिएँ।
दुई वर्षदेखि म पूर्ण रूपमा शाकाहारी छु। मासु खान छाडेपछि शरीरको भारीपनबाट छुटकारा पाएको महसुस भएको छ। सास फेर्ने जीवको हत्या नगरी आध्यात्मिक रूपमा बाँच्नु त भाग्यको कुरा हो जस्तो लाग्छ मलाई।
मानिसहरूमा अहिले मानसिक तनाव बढिरहेको छ। जसले ब्लडप्रेसर, सुगर जस्ता रोग पनि बढाइरहेको छ। दसैं तनावबाट मुक्ति पाउने समयको रूपमा पनि महत्त्वपूर्ण छ। लामो छुट्टी हुन्छ। सबैजना आरामले यो चाड मनाउन चाहन्छन्। आहारबिहारमा ध्यान दिने हो भने तनाव अझ कम हुन्छ। तनाव नभएर मन चंगा भएमा सधैं दसैंको अनुभूति हुन्छ। यो म आफैले महसुस गरेको कुरा हो। जहिलेदेखि म शाकाहारी भएँ र ध्यान गर्न थालेँ हरेक दिन दसैं जस्तै रमाइलो बनेको छ।
दसैंमा धेरै खाएर मानिसहरू बिरामी परेको पनि सुनिन्छ। स्वस्थ रहन आहार सन्तुलित हुनुपर्छ। जतिखेर पनि खानु राम्रो होइन। आफ्नो शरीरलाई के चिज चाहिएको छ थाहा पाउन सक्नुपर्छ। मानसिक र शारीरिक रूपमा कसरी स्वस्थ हुने भन्न कुरा मनमा जाग्यो भने उपायको बाटो आफैं खुल्छ। मेरो अनुभवमा मांसाहारी नहुनुमात्र पनि धेरै रोगको मुक्ति हो।
मासुको स्वादले मात्र लोभ्याएको हो मान्छेलाई। यसले दिने जति ताकत अरू खाद्यवस्तुबाट पनि पाइन्छ। म पनि चाडबाडमा विशेष परिकारमा ध्यान दिन्छु। शाकाहारी भएपछि पनिर, दूध, घ्यू लगायतका दुग्धपदार्थ मेरो रोजाइ बनेको छ। दाल, गेडागुडी र फलफूलमा जोड दिन्छु।
खानपिनले मात्र पनि रमाइलो हुने हैन। दसैंमा सहर सुनसान हुन्छ। पिङ खेल्न पाइन्छ। विभिन्न थरीका फूल फुल्छन्। यो पनि एउटा आकर्षण हो। मान्छेको मुहारमा तनाव नदेख्दा पनि निकै आनन्द लाग्छ मलाई। कहिले आफ्नो घरमा, कहिले आफन्तकहाँ हुने जमघटले रमाइलो गराउँछ।
3 प्रतिकृया/हरु:
शाकाहारी हुने झरनाको सोचाइ राम्रो हो ।
very good habait of miss gharna i don't like meat i want stop eat meat but how can i stope my habit ?can i know pleas if you have any idea just leav comment paleas i'll be waiting for your repply and happy bzay dashmi all of theaznepl unity
फ्फ
हेल्लो नमस्ते झर्न जि मेरो तर्फ बाट बिजया दशमी २०६७ सल्को हार्दिक मंगल् मय शुभ-कामना ब्यक्त गर्द छु। अनी हजुर को बिचार देखेर साह्रै खुशी लगेउ तेसैले हजुरको विचारमा म धेरै खुशी भये कुर गलत नभएको हैन भगवानको लागि हामी सबै प्राणी एउटै हौ तेसैले एउटा प्राणिको हत्य गरेर अर्को प्राणिको बचौने अभियानमा कहिल्यै लाग्दैन यो त केवल मानब
जातिले परपुर्ब काल्देखी पुर्ख्यौलिले मान्दै आएको रितितिथी मात्र हो।
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।