नम्रता ब्रान्ड एम्बेसडर

अभिनेत्री नम्रता श्रेष्ठ नेपालमा पहिलोपटक संचालनमा आउन लागेको एठ्-डी डाएमेन्सन सिनेमाको ब्रान्ड एम्बेसडर बनेकी छिन् । राजधानीको कमलपोखरीस्थित एनएलआइसी सिटी सेन्टरले दसैंबाट संचालनमा ल्याउन लागेको उक्त प्रविधिको सिनेमा मुलुकमै पहिलो हुनेछ ।

अहिले संचालनमा रहेको फोरडी सिनेमालाई अपग्रेड गरेर एठ्-डी तुल्याउन लागिएको हो । दसैंअघि नै एक समारोहको आयोजना गरि सिटीसेन्टरले नम्रतालाई ब्रान्ड एम्बेसडरको औपचारिकता प्रदान गर्नेछ ।

ब्रान्ड एम्बेसडर बनेपछि नम्रता दसैंभर उक्त डाएमेन्सन सिनेमाको प्रमोसनमा व्यस्त हुनेछिन् । दसैं काठमाण्डूमै परिवारसँग मिलेर मनाउने योजनामा रहेकी यी हिरोइनले उक्त सिनेमाको प्रमोसन आफ्नो यतिबेलाको कार्यभार रहेको बताइन् । नम्रता अहिले फुस्रदमा छिन् र अधिकांश समय रेष्टुराँ र परिवारसँग बिताइरहेकी छिन् । अहिले सुटिङ रोकिएको उनी अभिनित 'मिस यू' दसैंपछि सुचारु हुँदैछ ।

सुन्धारमा खुलेको सिभिल मलले सिक्सडी भित्र्याउने घोषणा गरेको एकहप्ता नबित्दै अर्को ठूलो मल सिटीसेन्टरले एठ्-डी प्रविधिको डाएमेन्सन सिनेमा भित्र्याउने बताएको हो ।

मानिसका सबै इन्द्रियलाई उत्तेजक र सकि्रय तुल्याउने सिनेमाको डाएमेन्सन प्रविधि एकवर्षअघि मुलुकमा भित्रिएको हो । यो प्रविधिलाई नेपाली मलहरुले सिनेमा भन्दा पनि मलको ब्यापार विस्तार र बालबालिकाको मनोरन्जनका लागि प्रयोग गरिरहेका छन् । एठ-डी सिनेमाले महंगो कर तिर्नुपर्ने हुन्छ । From: Mero Cinema

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।