आर्यन र सौगात जोमसोमतिर

निर्देशक सुदर्शन थापाले पहिलो फिल्म तयार नहुँदै अर्को फिल्ममा काम थालेका छन् । उनी निर्देशित दोस्रो फिल्म 'मेरो लभस्टोरी' अहिले पोस्टप्रोडक्सनको चरणमा छ । तर अर्को चलचित्र 'के यो माया हो 'मा सुदर्शनले शुक्रबारदेखि काम थाल्दैछन् । बुधबार उनी आफ्ना दुई हिरो आर्यन सिग्देल, सौगात मल्ल र हिरो सुस्मिता कार्कीलाई लिएर हिमालपारिको सुटिङ थलो जोमसोम उडे ।

उनको यो चलचित्रमा पहिलोपटक आर्यन र सौगातले सँगै काम गर्दैछन् । कमेडी र लभस्टोरी फिल्ममा लिड रोल दुबैको छ । आर्यन र सौगात एकसाथ स्क्रिनमा देखापर्नु महत्वपूर्ण छ किनभने दुवै हिरो फरक पृष्ठभूमिबाट रजतपटमा प्रवेश गरेका हुन् । आर्यन व्यावसायिक र सौगात रंगमंचको पृष्ठभूमि बोकेका स्टारर हुन् । सँगै काम गर्न पाएकोमा दुवै एकअर्काप्रति खुशि छन् । अपोजिटमा देखापर्ने सुस्मिता लभरगर्लका रुपमा देखापर्नेछिन् ।

दसैंअघि नै चलचित्रको आधा सुटिङ सक्ने जानकारी थापाले जोमसोम उड्नुअघि मेरोसिनेमालाई दिए । 'मेरो लभस्टोरी पोस्टप्रोडक्सनको चरणमा भएकाले अर्कोमा हात हालेको हुँ' निर्देशक थापाले भने । थापाले पहिलोपटक 'मेरो एउटा साथी छ' निर्देशन गरेका थिए । 'के यो माया हो ?' उनको तेस्रो निर्देशित प्रोजेक्ट हो । प्रायः लभस्टोरीमा फिल्म बनाउन रुचाउने थापाले यो प्रोजेक्टमा पनि प्रेमको भिन्न आयाम प्रस्तुत गरिने दाबी गरे । From: Mero CinemaBlogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।