कार्यक्रममा उनले आफ्नो छोराले ग्रेजुएट गर्दाको मेहनत सम्झिए। 'उसले अमेरिकामा कति मिहिनेत गरेर पढ्दा बल्ल ग्रेजुएट भयो। म भने लन्ठ्याङ लुन्ठ्याङ गर्दै डक्टर भएँ। अब फेसबुकमा फोटो राखेर छोरोलाई पठाउँछु।'
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पढेर भन्दा परेर विद्यावरिधी हासिल गर्न मुस्किल परेको सुनाए। 'सरसती पढेर दुइ चार वर्षमै पाउने उपाधि पाउन हामीलाई ४० वर्ष लाग्यो,' श्रेष्ठले भने 'शिक्षा , स्वास्थ्य र प्रजातन्त्र क्षेत्रमा हामीले पुर्याएको योगदानलाई कदर गर्दै विदेशी विश्विद्यायले पहिलो पल्ट प्रदान गरेको यो उपाधिलाई कोठामा सजाएर राख्ने छु।'
ग्रिनफोर्ड विश्वविद्यालयले कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्याए वापत मह जोडीलाई विद्यावारिधी प्रदान गरेको हो। राजधानीमा सोमबार आयोजित कार्यक्रममा सेन्ट्रल अमेरिका स्थित यो विश्वविद्यालयले राजनिती , समाजिक, आर्थिक र कला क्षेत्रमा योगदान पुर्याउनेलाई उपाधी व्रदान गरेको थियो।
उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिकका ) का अध्यक्ष विजय कुमार गच्छदार, एमाले नेता केपी शर्मा ओली, श्रीलंकाका सभासद टीएमए उलुमुदेन ( अनवर ) र भारतका एमएम विश्वविद्यालयका कुलपती तारसेन कुमार गार्ग, सिङगापुरका भिटी थियागा राजन र मलेसियाका सिलिकन कलेज अफ टेक्नोलोजीका निर्देशक कुमार घोसलाई उद्योग विद्यावारिधीको उपाधी प्रदान गरिएको थियो। From: Nagarik News
1 प्रतिकृया/हरु:
Yes, I agree with both Comedian artists, but how comes it is equally likely and important for those standing on pseudo-legs? I'm only talking for Nepali leaders and it would be better if it was given to Lord Pashupatinath. Believe Him that he has been suffering so much uselessly beseated at the temple. Let's think once again and decide to call them Dr. or Dogtor.
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।