श्रीकृष्णको गेटअप चेन्ज

चलचित्रको नायक भईसकेपछी गेटअप चेन्ज गर्नु कुनै नौलो कुरा होइन् । तर नायक श्रीकृष्ण श्रेष्ठले जीवनमा पहिलो पटक आफ्नो गेटअप चेन्ज गरेका छन् ।

पछिल्लो पटक कपाल पालेर भईरहेको टुप्पी समेत लुकाउदै हिड्ने नायक श्रेष्ठको त्यो टुप्पी फेरी देख्न पाईने भएको छ । दुई दिन अघि उनले निलडेबिड सैलुनमा गएर आफ्नो कपाललाई कोरियन शैलीमा काटेका छन् भने लामो समय देखि लगाउदै आएको पाँच तोलाको लकेट सहितको सिक्रि पनि लगाउन छाडेका छन् उनले ।

नयाँ गेटअप संगै हाल विना लकेटको ६ तोलाको मोटो सिक्रि प्रयोग गर्न थालेका श्रीकृष्णले हातमा पनि ४ तोलाको सिक्रि लगाउन थालेका छन् । हातको ब्रास्लेट तर्फ औलाउदै उनले भने 'भर्खर भयो यो किनेको, गेट अप अनुसार मिलाउनु पर्‍र्यो नि ।'

आखिर किन गेट अप चेन्ज गरेछन त श्रीकृष्णले ? उत्तर दिए श्रीमान् श्रीमतीको सुटिङ्गको लागि । ऋषि लामिछानेले निर्देशन गर्दै गरेको चलचित्र 'श्रीमान श्रीमती' मा दोहोरो भूमिकामा अभिनय गरिरहेका श्रीकृष्णले चलचित्रको कथाले मागेपछी आफ्नो बास्तविक गेटअपमा समेत परिवर्तन आएको बताए । From: Filmy Khabar

Blogger Templates

1 प्रतिकृया/हरु:

Anonymous said...

O Wow but tuppi chai cut garnu paryo k srikrishna g.any way like ur act......

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।