शरीर जोडिएका हिरो!

किशोर ढकालको निर्देशनमा बन्न लागेको फिल्म 'हर पल साथ'का दुई नायक छन्, अरुण र उदय। सबै अंग भिन्नाभिन्नै भए पनि उनीहरू ढाडमा जोडिएका हुन्छन्। यो जुम्ल्याहाको भूमिकामा रवि बस्नेतले अभिनय गर्दैछन्।

शरीर जोडिएको जुम्ल्याहा पात्रको कथा कागजमा लेख्न उनलाई खासै गाह्रो भएन। बरु, फिल्ममा कसरी खिच्ने भन्ने चिन्ता चाहिँ रहयो। 'यसमा धेरै ग्राफिक्स खेल्नेछौं,' उनले भने। फिल्मको छायांकन पनि उनी आफै गर्दैछन्। फिल्म निर्देशनमा आउनुअघि उनी छायाँकार नै थिए।

सेलुल्वाइडमा खिचिने फिल्मलाई रिभर्स टेलिसिने गरेर ग्राफिक्स गर्ने योजना उनको छ। फिल्ममा शरीर जोडिएको २१ दृश्य समावेश छन्। अभिनेता रविले पनि यो भूमिकालाई चुनौतीका रूपमा लिएका छन्।

राजु शाहको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, दिनेश सुनामको संगीत रहने फिल्ममा बिराज भट्ट, कल्पना शाही, सन्ध्या ढकाल र तृप्ती नाड्करले पनि अभिनय गर्दैछन्। फिल्मको सुटिङ नगरकोटबाट थालिने छ।

फिल्म 'हर पल साथ'को बुधबार सम्पन्न शुभ मुहूर्तमा यही टोलीको अघिल्लो फिल्म 'अल्झेछ क्यारे पछ्यौरी'को छायांकन सकिएको जानकारी पनि गराइयो। From: Nagarik News

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।