हिम्मत-२

निर्देशक दीपक श्रेष्ठले थुप्रै चलचित्र निर्देशन गरिसकेपछि आफ्नै लगानीमा निर्माण गरेको पहिलो चलचित्र हो 'हिम्मत-२' । केही वर्षअघि नायिका रेखा थापाले चलचित्र 'हिम्मत' को निर्माण गरेकी थिइन् । उक्त चलचित्रका निर्देशक पनि दीपक श्रेष्ठ नै थिए । ' हिम्मत-२' को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । निर्देशक श्रेष्ठ आफ्नो चलचित्रलाई तीजको पूर्वसन्ध्यामै प्रदर्शन गर्न चाहन्थे । फलस्वरूप आज तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन चलचित्र प्रदर्शन हुने पक्का भएको हो ।

रमाइलो कुरा के छ भने तीजको अवसरमा प्रदर्शन हुने भएकाले निर्देशक श्रेष्ठले आज शुक्रबार चलचित्र हेर्ने हरेक दर्शकलाई टिकटसँगै एउटा रुमाल उपहार दिने घोषणा गरेका छन् । चलचित्रमा नायक विराज भट्ट, नायिका युना उप्रेती, हास्य कलाकार श्रीकृष्ण लुइँटेल मात्र होइन कुकुरले पनि दोहोरो भूमिका निर्वाह गरेका छन् । चलचित्रमा दिनेश डिसी, बसुन्धरा भुसाल, विजया गिरी, सुशील पोखरेल आदि कलाकारले पनि अभिनय गरेका छन् । आलोकश्रीद्वारा संगीतबद्ध यो चलचित्रमा प्रशान्त तामाङ, चारु तथा युना उप्रेतीको पाश्र्व गायन छ । काठमाडौं, पोखरा तथा जोमसोममा छायांकन गरिएको यो चलचित्रमा नारी संवेदना तथा नारीलाई शक्तिलाई प्रस्तुत गरिएको छ । चलचित्रमा एउटी नारीको संघर्षको कथा एकातिर छ भने अर्कातिर अहिलेको समयमा नारीहरूले लडेर आफ्नो अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने सन्देश छ । यो चलचित्र काठमाडौं उपत्यका सहरहरूमा प्रदर्शन हुन लागेको हो । From: Saptahik
Blogger Templates

1 प्रतिकृया/हरु:

Anonymous said...

HMmm awesome lollll..........

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।