नेवार फिल्ममा धीरेन

'नेवार समुदायको भए पनि पहिलोपटक नेपाल भाषाको फिल्म खेल्न पाउँदा खुशी लागेको छ,' दशैंपछि सुटिङ हुने यो फिल्ममा आफू प्रहरी निरीक्षकको भुमिकामा देखिने उनले खुलाए। पाल्पाका धीरेनलाई काठमाडौंमा बोलिने नेपाल भाषा फरक लागेको छ। 'सकेसम्म सुटिङमै मिलाएर बोल्छु। नसके डबिङमा सच्याउँछु,' उनले भने।

मातृभाषामा बन्न लागेको भएकोल यो फिल्ममा पारिश्रमिकलाई महŒव नदिइएको उनले बताए। फिल्ममा सुभद्रा अधिकारी, मुकुन्द श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ। फिल्मको निर्देशन सुरेन्द्र तन्डुकारले गर्दैछन्। From: Nagarik News Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।