फ्ल्यासब्याकसँगै कन्यादान

काठमाडौ, अषाढ २८ - असार अन्तिमदेखि देशभर दुइटा फिल्म एकसाथ लाग्दै छन् । गोपीकृष्ण मुभिजको निर्माण तथा उद्धव पौड्यालद्वारा प्रस्तुत चलचित्र 'फ्ल्यास ब्याक' (फर्केर हेर्दा) र सलोन फिल्म्सको ब्यानरमा सोभित बस्नेतले निर्देशन गरेको 'कन्यादान' असार ३२ मा प्रदर्शनमा आउन लागेका हुन् ।

दयाराम दाहाल निर्देशित 'फ्ल्यास ब्याक' काठमाडौं र मोफसलका हलहरूमा एकसाथ लाग्नेछ भने 'कन्यादान' चाहिँ मोफसलमा मात्र । संगीतमय प्रेम चलचित्र दाबी गरिएको 'फ्ल्यास ब्याक' मा निखिल उप्रेती, आर्यन सिग्देल, युना उपे्रती, रेजिना उप्रेती, जेनिशा केसी, नीर शाह, रवि गिरीलगायतको अभिनय हेर्न सकिनेछ । 'यो एउटा भिन्न प्रेमकहानी हो,' फिल्मबारे निर्देशक दाहालले भने, 'बितेका प्रेमिल क्षण र वर्तमानबीचको अन्तरसम्बन्ध फिल्ममा हेर्न सकिन्छ ।'

सुरेश अधिकारीको संगीत रहेको चलचित्रमा संगीमय कहानी रहेको उनले दाबी गरे । कविराज गहतराजको नृत्यनिर्देशन तथा रोशन श्रेष्ठको द्वन्द्वनिर्देशन रहेको चलचित्र स्याङ्जा, कास्की, तनहँु, गोरखा, चितवन र काठमाडांैका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको छ भने छायांकन राजुविक्रम थापाले गरेका छन् । गजेन्द्र रञ्जित र मोहनकृष्ण श्रेष्ठको निर्माण रहेको 'कन्यादान' मा विराज भट्ट, रञ्जना शर्मा, धीरेन शाक्य, जयकिसन बस्नेत, अर्जुन कार्की, सिर्जना बस्नेत, शोभित बस्नेतलगायतको अभिनय हेर्न

सकिनेछ । शम्भुजित बाँस्कोटाको संगीत, शिव विकको नृत्य, राजेन्द्र खड्कीको द्वन्द्व र शम्भु सापकोटाको छायांकन रहेको 'कन्यादान' को कथा शोभित स्वयंले लेखेका छन् ।

रमाइलो के भने यसपटक निर्देशक बस्नेत आफै सात फरक भूमिकासहित फिल्ममा देखिनेछन् । यसअघि उनले नै निर्देशन गरेको चलचित्र 'धुम' मा नयाँ प्रस्तुतिका रूपमा देखिएका जयकिसन र अर्जुनले यसमा पनि निरन्तरता दिएका छन् भने कुशल थापा र कञ्चन रेग्मी पहिलोपटक 'कन्यादान'मार्फत् पर्दामा उदाउँदै छन् । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।