गायिकाले वाइन पिएपछि

नियन्त्रित रूपमा पिए स्वास्थका लागि फाइदाजनक मानिएको एउटा पेय पदार्थ हो वाइन । अल्कोहलको मात्रा न्यून हुने भएकाले वाइन महिलाहरूमा उत्तिकै पि्रय छ । बजारमा उपलब्ध रेड वाइन तथा ह्वाइट वाइनका पारखी प्रायः महिला नै हुन्छन् । पार्टीमा वाइन ग्लास बोक्ने महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ । अन्य महिलाहरूझैं गायिका अञ्जु पन्त पनि वाइन पारखी हुन् । पार्टिहरूमा उनी प्रायः वाइन नै पि्रफर गरिरहेकी हुन्छिन् । घरायसी जमघटमा पनि उनी वाइन नै रुचाउँछिन् । यद्यपि अञ्जुलाई वाइनकै कारण बेलाबखत धोका हुन्छ । हालैको एउटा पार्टीमा अलि बढि नै पिएकी अञ्जुले भोलिपल्ट एउटा स्टुडियोमा गीत रेकर्डिङ गर्न सकिनन् । निर्धारित समयभन्दा दुई घण्टा ढिलो स्टुडियो पुगेर गीत रेकर्डिङ गर्न लाग्दा अञ्जुले भनिन्— 'आज गाउन सक्दिनँ, पछि गाउँला ।' From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।