न रसिलो न कसिलो

फागुनको तेस्रो साता नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईंटेल लापत्ता भएको खबरले चलचित्र क्षेत्रमा सनसनी मच्चायो । उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने शंकामा अखबार रंगिरहे । दुई वर्षदेखि उनीहरूको प्रेम सम्बन्धको गाईंगुईं हुनु र एकाएक दुवै जना बेपत्ता हुनुले 'कराउनु र हराउनु'को पुरानो नेपाली उखानको स्मरण गरायो । तर, कुरो शंकामा सीमित रहेन । भर्खरै बाबु बनेका निखिल र केही समयअघि आफ्ना पतिसँग एकतर्फी सन्बन्धविच्छेद गरेर बसेकी सञ्चिताले चैतको पहिलो साता विवाह नै गरेको पुष्टि गर्‍यो चलचित्र क्षेत्रले । पारविारकि स्रोतका अनुसार, उनीहरू हाल मुम्बईमा छन् ।
निखिलले धादिङकी कोपिला उप्रेती र सञ्चिताले काठमाडौँका आकाश साहसँग आठ वर्षअघि विवाह गरेका थिए । रोचक पक्ष के छ भने यी दुवै जोडीले उतिबेला पनि प्रेमविवाह गरेका थिए । तर, ती दुवै जोडीबीचको खटपट धेरैअघिदेखि नै कानेखुसी हँुदै चर्चासम्ममा पुगेको थियो । नेपाली चलचित्र वृत्तमा श्रीमान्/श्रीमतीबीचको खटपट बाक्लै गरी सार्वजनिक हुने गर्छन् । सम्बन्धविच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पंक्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक/नायिका मात्र होइन, निर्माता निर्देशक, लेखक र प्राविधिकहरूको फेहरस्ित पनि लामो छ । विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । नेपाली कलाकर्मीलाई स्वदेशीले हम्मेसी जीवनसाथी रोज्दैनन् । उनीहरूलाई यस्तो आरोप पनि लाग्ने गरेको छ । उनीहरूका विदेशी जीवनसाथीले यस कुराको प्रमाण दिएझैँ लाग्छ । जस्तो सारंगा श्रेष्ठका अमेरकिी, सीपी लोहनी, विपना थापा, सनी रौनियारका भारतीय, आकाश अधिकारीका इटालियन, रूपा रानाका जापानी जीवनसाथी छन् । नेपाली नागरकि नै भए पनि विदेशमा बसेका हुन्छन् उनीहरूका जीवनसाथी । यसको अब्बल उदाहरण हुन्, जल शाह र सज्जा मैनाली । यी दुवै नायिकाका पति अमेरकिामा बसोबास गर्दै आएका छन् । From: Nepal

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।