१३ फागुन, पोखरा । प्याराग्लाइडिङबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि पोखरामा बिहीबार एक रुसी नागरिकको मृत्यु भएको छ ।
कास्कीको अर्मला गाविस-३ स्थित कुरेचौरको ढिकीडाँडाबाट प्याराग्लाइडिङबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि भीरबाट खसेर गम्भीर घाइते भएका ३१ वर्षीय रुसी नागरिक एलेक्सेन्डर किर्डयासडिनको उपचारका क्रममा मृत्यु भएको हो ।
व्यक्तिगत तवरले मध्याहृन साढे १२ बजे महेन्द्रगुफा नजिकको ढिकीडाँडाबाट उड्नेक्रममा ग्लाइडर नखुलेपछि उनी भीरबाट तल खसेर गम्भीर घाइते भएका थिए ।
टाउकामा गम्भीर चोट लागेर घाइते भएका एलेक्सेन्डरको दिउँसो ३.३० बजे पोखराको चरक अस्पतालमा उपचारमा क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको पासपोर्ट नम्बर ६२एन-९३८२०३१एक्सएफ रहेको छ ।
पोखरामा आजदेखि सुरु हुने भनिएको प्याराग्लाइडिङ एक्रो प्रतियोगितामा सहभागी पाइलटहरुको प्रहरीले इजाजत खोजेपछि जाँच गर्दा अवैध ठहरिएका उनीसहितको एक टोली प्याराग्लाइडिङबाट उड्न ढिकीडाँडा पुगेको थियो ।
केही साताअघि २६ वर्षीय अर्का एक जर्मन नागरिकको पनि फेवातालमा हाम फालेर कीर्तिमान राख्न खोज्दा मृत्यु भएको थियो । Source: OnlineKhabar
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।