पाल्पा , फाल्गुन १० -
ख्यातीप्राप्त लोक गायक प्रजापति पराजुलीको व्यग्यात्मक भजन, तीज र चुट्किलाले हासेका दर्शकको प्रतिक्षा थियो, चर्तित र लोकपि्रय गायिक अन्जु पन्तको । दर्शकदिर्घाबाट अन्जु पन्त, अन्जु पन्त भन्न थालिसकेका थिए ।
टाढा टाढाबाट आएकाहरु ३ बजिसक्यो पन्त खै ? भन्न थाले । यत्तिकैमा उद्घोषक बनेका दोहोरी गायक प्रजापति पराजुलीले कालाकारको नाम भन्न ढिलाई गरेको आरोपसंगै आक्रोस पोखे दर्शक दिर्घाबाट ।
पन्त साथै राष्टिय कलाकारको उपस्थितीले दर्शक थामिनसक्नु रामपुर वेझाडको खेल मैदानमा एकाएक देखापरिन् गायिक पन्त । उनको साथमा श्रीमान् मनोजराज सिवाकोटी पनि थिए ।
अघिल्लो दिन श्रष्टा सम्मान स्वरुप निकालेको एल्वम कम्पनबाट बसन्त नै बस्न खोज्छ यहा लोलाएर, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर......गाएर भोली भेटौला भन्दै विदा भएकि थिइन् । कर्णपि्रय स्वरकी धनी पन्तले सबैलाई अर्को दिन निम्तो दिएपछि भिड थामि नसक्नु थियो ।
कालो चस्मा ढल्काउदै अभिवादन गर्दै आएकि पन्तले आफ्ना सर्वपि्रय गीत गाउन थालिन् । दर्शकमाझ उपस्थित छु भन्न नपाउदै तालीले खेल मैदान गुन्जियो । सबैको चिच्चाहट सुन्न थालियो । जिल्लाकै दुर्गम र छिमेकी जिल्लाबाट समेत हिडेर रामपुर महोत्सव तथा कृषि मेला हेर्न आएका दर्शकहरु टेलिभिजनको पर्दामा मात्रै देख्दै आएकी पन्तलाई प्रत्यक्ष देखेपछि युवा युवती, बुढापाका र बालबालिका धेरै हौसिए । महोत्सव तथा मेलाको रौनक ल्याउन सफल भएकी थिईन् पन्त ।
न विर्से तिमीलाई, नपाए तिमीलाई ....बोलको आधुनिक गीतबाट चर्चाको शिखरमा पुगेकी पन्तले आफ्ना चर्चित गीत गाईन् । पन्तले मलाई बासुरीले रुवायो..........., तिर्खा लाग्यो पानी खाए, मैले के विराए.............., हास्नलाई ओठ खोले आखाभरि आसु बग्यो......... लगायत आफ्ना चर्चित गीतहरुको थोरै थोरै टुक्का गाउदा दर्शक दिघाबाट वान्समोर गुन्जिन थाल्यो । यति मात्र होईन जिन्दगानी फुलै फुलको थुंगो हुदैन....... फुल जस्तै पवित्र थियो मेरो मन.....बोलको गीतका पनि केहि टुक्का गाईन् । सागर सरी चोखोमाया.........बोलको गीतमा पन्तलाई नवोदित पाल्पाली गायक विनयराज बज्राचार्यले साथ दिए ।
लोकगायक प्रजापति पराजुलीले धेरैलाई नचाए भने पाल्पाकै रामपुर फाटमा जन्मे हुर्केका लोक गायक वद्री पंगेनीले यस भेगका महिला, पुरुष सबैलाई मस्की मस्की नाच्न बाध्य तुल्याए । लोक गायिका मन्जु महत, गायक माधब भण्डारी, शान्ति डोटेल, नारायण लेकालीले पनि दर्शकलाई मनोरन्जन दिलाए । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।