कसलाई दिउ यो जोवन

एक प्रकारले यो चलचित्रमा तीन जना नायक छन्- एक जना निखिल उप्रेती र दुई जना दिलीप रायमाझी । नायक रायमाझीको दोहोरो भूमिकामा चलचित्रको कथा अल्भिmएको छ । हास्यप्रधान यो चलचित्रमा दुई दिलीप रायमाझीका कारण निखिल उप्रेती, सुरज आरडी, झरना थापा, मेलिना मानन्धर, सौजन्य सुब्बा आदि कलाकारको चरित्र भ्रममा परेको देखाइएको छ । काठमाडौं, पोखरा तथा दुबईमा छायांकन गरिएको चलचित्र 'कसलाई दिउ“m यो जोवन'का निर्देशक सुरेशदर्पण पोखरेल हुन् ।
आज शुक्रबार मोफसलका आधा दर्जनभन्दा बढी स्थानबाट सार्वजनिक हुन लागेको यो चलचित्रमा दिलीप र निखिल ज्वाइू-जेठानको चरित्रमा छन् । दोहोरो भूमिकामा रहेका दिलीपले आफ्नी बहिनीलाई अर्कैसँग लागेर धोका दिएकोमा निखिल उनको जासुसी गर्न थाल्छन् । दिलीपकी पत्नी एवं निखिलकी बहिनीको भमिकामा रहेकी नायिका झरना पनि श्रीमान्को चियो गर्न थाल्छिन् । तथ्य बाहिर आएपछि दर्शक पनि छक्क पर्ने निर्देशक पोखरेल बताउँछन् । सस्पेन्स र एक्सनलाई मसलाका रूपमा प्रयोग गरिएको यो चलचित्रको 'तिमी जहाँ छौ, म त्यहीं छु..' गीत चर्चामा छ । वसन्त सापकोटाको संगीतमा प्रविशा अधिकारी तथा राजन इशानले गाएको यो गीतले चर्चा पाइरहेकै बेला चलचित्र सार्वजनिक गर्दा व्यावसायिक फाइदा पुग्ने कुरामा निर्माणपक्ष ढुक्क छ।
From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।